१० खर्ब ४८ अर्ब ९२ करोडको बजेट सार्वजनिक

631 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । आगामी आर्थिक वर्ष ०७३०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएकाे छ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका सांसदमा उक्त रकम बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

बजेटको यो आकार राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा १ खर्ब ४९ अर्ब ९२ करोड रुपैयाँले बढी हो । योजना आयोगले ९ खर्ब ९ अर्ब रुपैयाँको सिलिङ तोकेको थियो । अागामी अार्थिक वर्षको बजेट चालू अार्थिक वर्षको भन्दा २ खर्ब २९ अर्ब ४४ करोड रूपैयाँले बढी हो । चालु आर्थिक वर्षको बजेटको आकार ८ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँको थियो ।

अागामी अार्थिक वर्षका लागि सरकारले पुँजीगत अर्थात विकास बजेट ३ खर्ब ११ अर्ब रूपैयाँ बजेट छुट्याएको छ । चालु आवमा यस्तो बजेट २ खर्ब ८ अर्ब ८७ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट थियो ।