धादिङ न्यूज डट कम अव मोवाईल एपको एन्ड्रोइड भर्सन बाट पढ्न र हेर्न सकिने

567 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

unnamedसंसारभर धादिङको खबर पु¥याउने लक्ष्यका साथ धादिङ जिल्लाबाट संचालन भईरहेको धादिङ न्यूज डट कम अव मोवाईल एपको एन्ड्रोइड भर्सन बाट पढ्न र हेर्नहेर्न सकिने भएको छ ।  गुुगल प्ले स्टोरमा गएर धादिङ न्यूज खोज्नुपर्नेछ ।  संसारभर छरिएर रहेका धादिङवासी र धादिङलाई माया गर्नेहरुका बिचमा छिटो भन्दा छिटो धादिङका खबरहरु प्रवाह गर्ने उद्धेश्यका साथ नेत्रावती मिडियाले धादिङ न्यूजको मोवाईल एपको एन्ड्रोइड भर्सन परिक्षण संस्करण तयार पारेको हो । छिटै विभिन्न सुविधाका साथ औपचारिक रुपमा सार्वजनिक हुन लागेको एपको हालका लागि परीक्षण संस्करण सार्वजनिक गरिएको मिडिया ग्रुपका प्रवन्ध निर्देशक केशव अधिकारीले वताउनु भएको छ ।
मोवाईल एपको एन्ड्रोइड भर्सनमा कस्ता सामाग्रीहरु समावेश गर्दा अझै प्रभावकारी हुन सक्छ यस बिषयमा सुझाव, प्रतिकृया र सल्लाह दिन प्रयोगकर्ताहरुसंग नेत्रावती मिडियाका प्रवन्ध निर्देशक अधिकारी सबैसंग आग्रह गर्नुभएको छ ।
मोवाईल एपको एन्ड्रोइड भर्सन प्रयोगमा आएपछि धादिङ न्यूजको नियमित पाठकहरुले अफलाईनमा बसेर फुर्सदको वेलामा समाचारहरु पढ्न सक्नेछन । कुनै पनि समाचारलाई खोलेर त्यस्लाई न्यूज मार्क गरेपछि इन्टरनेट कनेक्शन नभएको समयमा पनि त्यो समाचार पढ्न सकिनेछ । एपमा न्यूजका साथै अन्य महत्वपूर्ण, गित संगित, विभिन्न जानकारी तथा सूचनामुलक सन्देशहरु पनि समेटिने वताईएको छ ।