स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति, धादिङको सूचना ।

1052 पटक पढिएको

१७ श्रावण २०७३, सोमबार २०:४८ सम्पादक: धादिङ न्यूज

धादिङ जिल्लालाई गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्र का रुपमा स्थानीय तह पुनर्संरचना गरी ११ वटा संख्या कायम गरी सोको सीमाना, केन्द्र तथा नामाकरण समेत गरी राज्य पुनर्संरचना आयोगमा सिफारिस गरी पठाउन स्थानीय विकास अधिकारीको संयोजकत्वमा गठित स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले पुनर्संरचनाका लागि कार्य गरी रहेको छ । यस पुनर्संरचना सम्वन्धी ऐतिहासिक एवं महान कार्यमा सवै पक्षको आम सरोकार र चासो रहेकोमा यस जिल्लालाई पुनर्संरचना गरी संख्या, सीमाना, केन्द तथा नामाकरण गर्ने विषयमा प्राविधिक सहयोग समितिलाई आवश्यक रचनात्मक राय सल्लाह सुझाव मिति २०७३ साल श्रावण २५ गते भित्र यस समितिको कार्यालय जिल्ला विकास समितिमा प्राप्त हुने गरी पठाई पुनर्संरचना कार्यमा सहयोग गर्नुहुन राजनैतिक दल, सरकारी तथा गैर सरकारी कार्यालय, नागरिक समाज, निजी क्षेत्र, शिक्षक, पत्रकार, वुद्धिजिवी लगायत आम जिल्लावासीहरुमा हार्दिक अनुरोध गर्दछौ ।
पत्राचार गर्नेे ठेगानाः स्थानीय तह पुनर्संरचना प्राविधिक कार्यालयको सम्पर्क कार्यालय जिल्ला विकास समिति, धादिङ
Email :[email protected]

स्थानीय तह पुनर्संरचना प्रिाविधिक सहयोग समिति, धादिङ