विश्वको ५२ औं शक्तिशाली महिलामा राष्ट्रपति भण्डारी

880 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagerएजेन्सी । विश्वको शक्तिशाली महिलाको सूचिमा नेपालको तर्फबाट पहिलोपटक महिलाको प्रतिनिधित्व भएको छ । फोब्स पत्रिकाले सार्वजनिक गरेको विश्वका शक्तिशालीमा महिलाको सूचिमा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीलाई विश्वको ५२ औं शक्तिशाली महिलामा सूचिकृत गरेको हो ।

शक्तिशाली १०० जनाको उक्त सूचिमा विश्वका २९ देशका महिलाले आफ्नो स्थान सुरक्षित गरको फोब्सको अनलाईन संस्करणले जनाएको छ । जर्मन चान्सलर एन्जेला मर्केल ११ पटकसम्म विश्वको सबैभन्दा शक्तिशाली महिलामा सूचिकृत भएकी हुन । त्यसै दोश्रोमा अमेरिकी राष्ट्रपतिको उमेद्दार रहेकी हिलारी क्लिन्टन रहेकी छन ।

त्यस्तै फोब्से तेश्रोमा अमेरिकाकी जनेट एलन, चौथो र पाँचौमा अकेरिकाकै मेलिन्डा गेट्स र म्यारी बारा रहेका छन भने छैटौंमा  फ्रान्सकी एन्जीला लेगार्ड रहकी छन । सातौ, आठौं, नवौं अमेरिकन महिलानै रहेका छन भने दशौंमा स्पेनकी आना पाट्रीका व्राटेन रहकी छन ।

त्यस्तै म्यानमारकी आङसाङ सुकी २६औं स्थानमा रहेकी छन भने वेलायतकी महारानी २९ औं स्थानमा रहेकी छन् । उक्त सूचिमा चिनिया ४ महिला समावेश रहेका छन् भने भारतका पनि ४ जना महिला समावेश रहेका छन ।