मार्पाक र सत्यदेवीका किसानहरु अलैंची खेती तर्फ आकर्षित

883 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

13936655_10209266088425867_1520529245_nपरमपरागत खेतीबाट भन्दा अलैंची खेतीबाट राम्रो आम्दानी लिन सकिने भएपछि धादिङको मार्पाक र सत्यदेवीका किसानहरु अलैंची खेती तर्फ आकर्षित हुन थालेका छन ।
जिल्लाको उत्तरी भेगमा पर्ने मार्पाक र सत्यदेवी गाविसका किसान मकै खेती गर्ने वारीमा अलैंची खेतीमा लागेका हुन । सत्यदेवी गाविस वडा नम्बर २ का मेन्ज लामा तामाङले शुरु गरेको अलैचीखेती अहिले यस क्षेत्रकै नमुना बन्न थालेको छ । लामाले केही बर्ष देखि शुरु गरेको अलैची खेतीले परिवारको लागि चाहिने घर खर्च चलाउन सजिलो भएको तामाङले वताउनु भयो । तामाङले यो बर्ष झार्लाङ गाविसको अक्थली कृषक समुहलाई ५४ हजार रुपैयाको वेर्ना बिक्री गरेको वताउनु भयो ।
यसै गरी सत्यदेवी संगै सिमाना जोडिएको मार्पाक गाविस वडा नम्बर ३ पोल्चेतका किसानहरु पनि अलैंची खेतीमा लागेका छन । पोल्चेतका किसानले पनि परम्परागत खेतीवालीको विकल्पमा शुरु गरेको अलैंची खेतीले किसानहरुको आयस्तरमा सुधार आउन थालेको सूर्यमान तामाङले वताउनु भयो ।
धादिङ जिल्लामा अलैंची खेतीको राम्रो सम्भावना भएपनि जिल्लाको उत्तरी क्षेत्रमा व्यवसायिक रुपमा खेती गरिंदा कुनै प्राविधिक समस्या आउंदा समयमै प्राविधिक सेवा नपाउने, उत्पादन वजार सम्म पु¥याउन कठिनाई हुने गरेको किसानहरुको गुनासो छ ।