हिंसापीडित महिलामाथि जिल्ला वन कार्यालयका प्रमुख इमानाथ पौडेलबाट दुर्व्यवहार

1075 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । जिल्ला बन कार्यालय प्रमुख इमानाथ पौडेल शुक्रवार राती हिंसा पीडित महिलामाथि दुर्व्यवहार र हातपात गर्दै गालीगौजमा उत्रिएका छन् ।
हिंसा पीडित महिला राखिएको सुरक्षित आवास गृह (सेफ हाउस) बन क्षेत्रभित्र बनेको आरोप लगाउँदै भत्काउन शुक्रवार एकाविहानै चार बजे नीलकण्ठ नगरपालिका पुछारबजार पुगेका पौडेलले सुतेको स्थानमै हिंसापीडित महिलाहरूमाथि दुर्व्यवहार गरेका हुन् ।
victim-1

सूचनाविना शसस्त्र बन रक्षक, शसस्त्र प्रहरी र जनपथ प्रहरीको ठूलो समूह लिएर सेफहाउन भित्र छिरेर गाली गलौज गर्दै उनीहरूमाथि विभिन्न लान्छाना लगाइ हिंसा पीडित महिला तथा सुत्केरी महिलालार्ई घिसार्दै बाहिर निकालेर घर भत्काउन थालेको सेफ हाउनकी शुशिला मोक्तानले जानकारी दिइन् ।

‘राती एक्कासी उनीहरु सुतिरहेको स्थानमा सुरक्षाकर्मीसहित पौडेल आए, बाहिर निस्कन आदेश दिँदै ननिस्कीए डोजर लगाउने धम्की दिए’ मोक्तानले भनिन् । कपडा लगाएर बाहिर निस्कन लाग्दा उनीहरूलाई अर्ध नग्न अवस्थामा बाहिर निकालिएको उनले बताइन् ।

सहयात्री समाजले दुई वर्षदेखि हिंसा पीडित महिलालाई उक्त आवास गृहमा राख्दै आएको थियो । सो भवन जिल्ला बन कार्यालयले बिना सूचना भत्काएको र पीडित महिलामाथि कार्यालय प्रमुखले नै हातपात गरी भवन भत्काएको समाजले जनाएको छ ।

राती नै रेडियो धादिङ रहेको भवन समेत भत्काउनुका साथै शसस्त्र बन रक्षक र बन कार्यालय प्रमुखपौडेल आफै भवनमा प्रवेश गरि रेडियोभित्रका सम्पूर्ण सामग्री तोडफोड गरेको आरोप रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्माले लगाएका छन् ।