नेपाल टेलिकमले पु¥यायो देशको सबै जिल्लामा थ्रिजि सेवा

599 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ, २१ असोज । सेवा प्रभावकारी हुन नसकेर उपभोक्ताले हैरानी खेप्नु परेको भएपनि नेपाल टेलिकमले देशको सबै जिल्लामा थ्रिजि सेवा विस्तार गरेको वताएको छ । नेपाल टेलिकमले ७५ वटै जिल्लामा जीएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

download-5डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत सो सेवा सञ्चालनमा आएपछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । कम्पनीले दुनैमा असोज १९ गते र सिमिकोटमा असोज २० गते उक्त सेवा सञ्चालन आरम्भ गरेको हो ।

टेलिकमले जीएसएम मोबाइलमा थ्रीजी सेवा विसं २०६४ जेठ ३ गतेदेखि सुरु गरेको थियो । सुरुमा काठमाडाँै उपत्यकाको चक्रपथभित्रका सीमित क्षेत्रमा मात्र सञ्चालनमा रहेको थ्रीजी सेवा पछि सबै जिल्लामा विस्तार गरेको हो । थ्रीजी सेवामार्पmत उपभोक्तालाई भ्वाइस सेवाको अतिरिक्त उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा समेत उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

दसैँ, तिहार र छठमा विशेष छुट

टेलिकमले दसैँ, तिहार तथा छठको उपलक्ष्यमा जीएसएम तथा सीडीएमए दुबैमा सबैभन्दा सस्तो मूल्यमा डाटा प्याकेज उपलब्ध गराइरहेको छ । कम्पनीने हाल प्रति एमबी ७ पैसासम्ममा रात्रि डाटा प्याकेज उपलब्ध गराइरहेको जनाएको छ ।

रात्रि डाटा अफर राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । सो सेवाअन्तर्गत रु ४० मा ५०० एमबी र रु ८५ मा एक हजार २०० एमबी डाटा प्रयोग गर्न सकिनेछ । रात्रि डाटा अफर आगामी पुस १५ गतेसम्म उपलब्ध गराइने बताइएको छ ।

त्यसैगरी कम्पनीले उपलब्ध गराएको डाटा अफरअन्तर्गत १०० एमबीको डाटा रु ५० मा र २५० एमबीको डाटा रु १०० मा उपलब्ध गराइएको छ । सो अवधिमा डाटा प्रयोगकर्ताले निःशुल्क रुपमा क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन सक्नेछन् । उक्त अफर आगामी असोज २९ गतेसम्म र कात्तिक १२ गतेदेखि २१ गतेसम्म उपलब्ध गराइने कम्पनीले जनाएको छ ।