गोगनपानीको चैनपुर गाउँमा किसानलाई बाख्रा उपहार

722 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download-1धादिङ–गोगनपानी  –२ चैनपुर गाउँमा कालिका महिला समुहको व्यवस्थापनमा प्रयास नेपाल धादिङले किसानलाई बाख्रा उपहार प्रदान गरेको छ । गरिबी निवारणका लागि गणेश हिमाल पशुपालन कार्यक्रमअन्र्तगत मुल समूहका सदस्यहरुले मिलिजुली महिला र जनसेवा उपहार समूहका महिला सदस्यहरुलाई उपहार स्वरुप ३/३ वटा बाख्रा सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् ।

यसअधि महिला समूहहरुले आधारशिला तालीम, घर गोठ सुधार, करेसाबारी, पोषण बिषयमा तालीम पाएका थिए । आधारशिला तालिममा उपहार प्रदान, उत्तरदायित्व, बाँडिचुँडी उपभोग र स्याहार, दिगोपना र आत्मनिर्भरता, पशु तथा स्रोतको उचित व्यवस्थापन, पोषण स्वास्थ्य, आयआर्जन, लैङ्गिक परिवार केन्द्र बिन्दु, बास्तविक आवश्यकता र निर्णय, वातावरण सुधार, पूर्ण सहभागीता, तालिम शिक्षा र संचार, आध्यात्मिकतालगायतका १२ वटा आधारशीलाबाट प्राप्त सिकाई कार्यान्वयन तथा ज्ञान सीप बिस्तार  बिषयमा जानकारी पाई व्यवहारमा लागू गर्ने क्रममा उपहार प्रदान गरिएको कालिका समूहका अध्यक्ष सुनिता श्रेष्ठले बताइन् । 

महिला समूका सदस्यहरुले आफ्नो घरबारीमा घाँस रोप्ने, गोठ निर्माण गर्ने, बातावरण सफाई गर्ने गरेको मिलिजुलि महिला समूहकी अध्यक्ष लक्ष्मी कगरले जानकारी दिइन् । उपहार प्रदान कार्यक्रममा गोगनपानीमा गठित १२ वटा महिला समूहका सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सामुदायिक विकासमा महिला समूहले गरेको कामको प्रशंसा गर्दै अहिले संचालन गरिएका गतिविधिहरुको समिक्षा गर्दै निरन्तरता दिन सुझाव दिए ।