धादिङ- धादिङको राजमार्गमा पालन र मासुका लागि ल्याइने पशु ढुवानीको अनुगमन सुरु भएको छ । पशु सेवा कार्यालय धादिङका जिल्ला प्रमुख देवेन्द्र भगतले मालवाहक गाडीमा तोकिएको मापदण्डभन्दा धेरै पशु कोचाकोच गरेर राख्ने गरिएकाले अनुगमन थालिएको बताए ।‘अब राजमार्गमा अनुगमन सुरु गरेका छौं,’ जिल्ला प्रमुख भगतले भने, ‘हरेक साता तराईमा लाग्ने पशु मेला र हाटबजारबाट खरिद गरिएका राँगाभैंसी भोकभोकै रातारात राजधानी ढुवानी गरिँदै आएको छ ।’ अव्यवस्थित ढुवानी प्रक्रियाका कारण पशुको स्वास्थ्य, उत्पादन क्षमता र गुणस्तरीयतामा प्रतिकूल प्रभाव पारेको विज्ञहरूको भनाइ छ । देशका विभिन्न भागबाट ट्रकमा राखेर दुई/तीन दिन लगाएर पशुहरू राजधानी लगिँदा अपनाइने विधि सडक ढुवानी मापदण्डविपरीत भएपछि यसको व्यवस्थापनका लागि सरकारले पहल सुरु गरेको १७ वर्ष भइसकेको छ । पशु सेवा विभागले पशुहरूको सडक तथा पैदल ढुवानी मापदण्ड लागू गरेर संशोधन गरेको पनि नौ वर्ष भएको छ । तर, उक्त मापदण्ड कार्यान्वयन भएको थिएन ।
ट्राफिक जिल्ला प्रमुख मुरारी मिश्रका अनुसार एउटै गाडीमा ४० देखि ८० वटा राँगाभैंसी ढुवानी गरिँदै आएको छ । ठूलोमा २० र साना ट्रकमा १२ देखि १५ वटा बोक्नुपर्नेमा हो । पशु ढुवानी नियमावली लागू गराउन सरोकारवालालाई जानकारी गराउनुपर्ने ट्राफिक प्रमुख मिश्रले बताए । ‘ढुवानी मापदण्ड के हो र त्यसको उल्लंघन गरे के कस्तो जरिवाना हुन्छ भन्ने जानकारी छैन,’ मिश्रले भने ।
पालन र मासुका लागि पशुुको सडक ढुवानी मापदण्ड १७ वर्षसम्म कागजमै सीमित रहेको थियो ।