ब्रुसबाङको चेपाङ बस्तिमा खानेपानी माग्दै सांसदलाई ज्ञापन पत्र

1081 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ न्यूज समाचारदाता
धादिङ, २३ मंसिर – जिल्लाको दक्षिणी भेगको अति विकटमा रहेको महादेवस्थान गाविस वडा नं. ३ व्रुसवाङ गाँउका चेपाङहरुले खानेपानीको माग गर्दै धादिङ क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र प्रसाद पाण्डेलाई  ज्ञापनपत्र बुझाएका हुन ।
समुन्द्री सतह देखी १८ सय ४५ मिटर उचाईमा रहेको व्रुसवाङ गाँउ नजिकै खानेपानीको श्रोत नभएका कारण यहाँका ३१ चेपाङ परिवार दैनिक ४ घण्टा भन्दा बढी समय लगाएर एक गाग्री पानी ल्याएर खान बाध्य हुंदै आएको ज्ञापनपत्रमा उल्लेख छ ।
ब्रुसवाङ खाद्य अधिकार समुहका संयोजक प्रेम बहादुर चेपाङ सहित ८ जनाले संयुक्त रुपमा बुझाएको ७ वुँदे ज्ञपानपत्रमा खानेपानीको श्रोतको पहिचान गरी खानेपानी योजना सञ्चालन गरी प्रत्येक घरमा धारोको व्यवस्था गरिदिनु पर्ने, बाह्रै महिना पोषणयुक्त खाना खान पाउने व्यवस्थाका लागि नयाँ तथा उन्नत जातका खाद्य, तरकारी जातका वीउ वीजन तथा उन्नज जातका बाख्रा र गैह्रकाष्ठ वन पैदावारको विरुवा सहयोग गरिदिनु पर्ने र जनता आवास कार्यक्रमबाट सवै घर वनाई सुरक्षित घरमा बस्ने व्यवस्था तथा पूननिमार्ण कार्यक्रमबाट वलियो घर निमार्ण गर्ने व्यवस्था मिलाइ दिनु पर्ने उल्लेख छ ।
यसैगरी वालकक्षा लाई आधारभुत विद्यालयमा रुपान्तरण गरि नियमित कक्षा सञ्चालन हुने व्यवस्था मिलाइ दिनु पर्ने, आफँुहरुले बुनेको डोका, भकारी विक्री गर्न दिन भर हिडेर बजार जानु पर्ने र अर्को दिन दिन भर हिडेर घर आउनु पर्ने भएकाले सडकमा बाहै महिना यातायात सुविधा सञ्चालन हुने गरि मलेखु–कान्द्राङगढी–भाँजासम्मको सडक निमार्ण गरिदिनु पर्ने र ब्रुसवाङ गाँउबाट सुर्योदय र सूर्यअस्त, विरगन्ज, टाँढी, पर्साको रातीको उज्यालो देखिने भएकाले चेपाङ पर्यटक क्षेत्र बनाउन पूर्वाधार निमार्णमा सहयोग गरि दिनु पर्ने उनिहरुले माग गरेकाछन् ।
आंफुहरुले राखेको मागपुरा गर्न वा हुन नसके प्रतिपरिवार आवास सहित १२ रोपनी खेती योग्य जमिन र खानेपानी, विजुली वत्ती, स्कुल र सडक भएको ठाँउमा आफुहरुलाई एक वर्ष भित्र बसाई सारिदिन उनिहरुले सांसद पाण्डे समक्ष माग गरेकाछन् ।
पहाडको चुच्चोमा वस्ति र भिरालो जमिन (खोरिया) पनि प्रशस्त नभएका कारण उत्पादन कम हुने हुदाँ बर्षको ४ महिना खान पनि मुस्किल हुने गरेको चेपाङहरुले बताए । हरेक वर्ष कार्तिक देखि पुषसम्म नयाँ खोरिया खनेर मकै खेती गर्ने र मकै पाक्न ८ महिना लाग्ने हुंदा बांकी समयमा भोकमरीको चपेटामा पर्नु पर्ने उनिहरुको वाध्यता छ ।
ब्रुसबाङ देखि अन्य बस्ति टाढा भएकाले ज्याला गर्ने काम पनि नपाउने र खानेकुरा पनि नहुंदा बाच्न निकै सकस हुने गरेको चेपाङहरु बताउंछन । बर्षैभरी जस्तो खाद्यन्न संकटको उच्च जोखिममा रहेका यहाँका चेपाङले जंगली कन्दमुल गिठ्ठा, भ्याकुर, वन तरुल, च्याउ का साथै टाँकी, सिस्नुलाई खानेकुराको रुपमा प्रयोग गर्दै आईरहेको प्रेमवहादुर चेपाङले वताए ।
एक खेप (पटक) पानी लिन जान डेढ घण्टा ओरालो र आँउदा दुई देखि साढे दुई अण्टा उकालो हिड्नु पर्छ । त्यही पनि घण्टौं सम्म पालो बस्नु पर्छ । विरामी परेर हिड्न नसक्दा ल्याईदिएको पानी विरामी विसेक भएपछि पहिलो पटक पैंचो तिर्नु पर्छ । वालवच्चा, घरआगँन, नुहाईधुवाई गर्ने काम हुदैन । पानी नभकै कारण भैसी पाल्ने सपना पुरा गर्न सकेका छैनौ । भएका गाईलाई पनि एक दिन विराएर पानी खुवाउन पधेरो लाने गरेकाछौ । गाई,बाख्राले पनि घाँस खाँदा खाएको पानीकै भर पर्नु पर्ने चेपाङहरु बताउंछन ।
महादेवस्थान गाविसको चेपाङ समुदायलाई लक्षित गरि वैकल्पिक उर्जामा आधारित लिफ्ट खानेपानी सोलार मिनी ग्रिड परियोजना तथा आर्यआर्जन कार्यक्रम र ब्रुसवाङ लिफ्ट खानेपानी परियोजनाको लागि १ करोड ४० लाख विनियोजन गरिएकोमा आव २०७२÷२०७३ को अन्तसम्म काम शुरु हुन नसकेकाले सांसद मार्फत सरकारको ध्यानाबर्षण गराउन ज्ञापन पत्र बुझाएको प्रेमले वताए । खाद्य अधिकार जिल्ला सञ्जाल धादिङ र फियान नेपालले चेपाङ समुदायलाई खाद्य अधिकारको वारेमा क्षमता अभिवृद्धि गर्दे आएको छ ।
सांसद पाण्डेले ज्ञापन पत्र बुझ्दै ब्रुसवाङ गाँउमा खानेपानी पु¥याउन भन्दा बस्ती स्तान्तरण गर्न सहज हुने भएकोले महादेवस्थान गाविस भित्रै वस्ति स्तान्तरण गर्नु पर्ने बताएका छन । स्कुल, स्वास्थ्य चौकी, खानेपानी, विजुली वत्ति, सडक र वजार नजिक पर्ने स्थानमा सर्न तयार हुन पनि सांसद पाण्डेले आग्रह गर्नु भयो । एक हप्ता भित्र बु्रसवाङवासीसंग छफलफ गरेर प्रक्रिया अघि बढाउने बताउदैँ स्थानीय विकास अधिकारी भगवान अर्याललाई आवश्यक सहयोगका लागि तयार रहन पाण्डेले आग्रह गर्नु भएको छ ।