कृषकलाई कृषि तथा पशुस्वास्थ्य औजार हस्तातरण

719 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

15420822_10206261994989126_8020395546657325211_nधाादिङ न्यूज सम्वाददाता

विभिन्न गाविसका १२ जना कृषकलाई कृषि तथा पशुस्वास्थ्य औजार हस्तातरण गएिको छ । धुषा,कुम्पुर र दार्खा गा.वि.स.का लक्षीत समुदायको आयआर्जनमा सहयोग पुर्याउने र स्थानीय स्तरमा नै प्राविधिक सेवामा सहजताको लागि ६÷६ जनालाई ग्रामीण कृषि र ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता क्रमश ः४५ दिने ३५ दिने तालीम पछि सेवा प्रवाह सहजताको लागि औजार सहितको किट वितरण गरिएको हो । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) र अक्सफामको साझेदारीमा सञ्चालित नेपाल भुकम्प प्रतिकार्य परियोजना अन्र्तगत सामाग्री सहयोग गरिएको हो । प्रयास नेपालका अध्यक्ष श्री उषा वि.क.को अध्यक्षता र जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत रामचन्द्र गौतमको प्रमुख आतिथ्यता,अक्सफामका उप कार्यक्रम व्यवस्थापक श्री हासा कुमारी मल्ल,जिल्ला पशुसेवा कार्यालयका कृष्ण प्रसाद कोईरालाको आतिथ्यतामा सहभागीहरुलाई कृषि तथा पशस्वास्थ्य सम्वन्धि सामाग्री हस्तान्तरण गरिएको हो । स्थानीय स्तरमा प्राविधिक सेवा दिने जनशक्ति अभाव भएको समयमा गाउँमा नै स्थानीय प्राविधिक उत्पादन गर्ने लक्ष्य सहित गरिएको कार्य स्रहनीय रहेको उल्लेख गर्नु हुँदै तालीम पछि सामाग्री पाउनु भएका व्यक्तिहरुले कृषकहरुको घरद्रलोमा गई आफूले प्राप्त गरेका सीप प्रदान गर्नु पर्नेमा अतिथिहरुले सुझाउनु भएको थियो । प्रति व्यक्ति ४० हजार बराबरको सामाग्री वितरण गरिएको संस्थाले जानकारी दिएको छ ।