आज देखि पाँचौ धादिङ महोत्सव शुरु हुंदै (पुस ७ गतेदेखि १७ गतेसम्म)

1363 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङ उद्योग वाणिज्य संघको आयोजनामा  हुन गईरहेको  पाँचौ धादिङ महोत्सव (७-१७ पौष २०७३)को  आज उदघाटन हुने भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ४ रायटारमा आयोजना गरिएको महोत्सवको प्रधानमन्त्री पुष्पकमल दहालले उदघाटन गर्नुहुने भएको छ । महोत्सवको उदघाटन हुनुअघि सदरमुकाम धादिङबेसीका विभिन्न भागबाट झाँकीहरु निकालिने छन ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष बोधनाथ दुवाडीले बताउनुभयो ।

जिल्ला विकास समिति तथा निलकण्ठ नगरपालिकाको सह-आयोजना र हंसराज हुसालचन्द एण्ड कम्पनीको प्रमुख प्रायोजनमा हुन लागेको महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण रहेको आयोजकहरुले जानकारी दिएका छन्  ।

यसैगरी हस्तकलाको प्रदर्शनी, जडीबुटी तथा बनपैदावारको प्रदर्शनी, बन्यजन्तु संरक्षण डकुमेनटी प्रदर्शनी, खनिजजन्य उत्पादनको प्रदर्शनी गरिने छ । महोत्सवमा करिब १ सय ७० वटा स्टल रहनेछ । महोत्सव करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र १० करोडको कारोवार हुने लक्ष्य राखिएको आयोजकले वताएका छन ।

महोत्सवमा धादिङ जिल्लाको  पर्यटकीय  क्षेत्रहरुको प्रचारप्रसार एवम् प्रवर्द्धनको लागि प्याराग्लाइडिङ तथा हेलिकप्टरबाट दृश्यावलोकन एवम् जिल्लाको पर्यटकीय क्षेत्रहरुको जानकारी गराउनुको साथै विभिन्न जातजातिको भेषभुषा झल्कने संस्कृतिको प्रदर्शनी रहेको बताइएको छ ।

अघिल्ला महोत्सवहरु जस्तै यसपटक पनि कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको विकासका लागि महोत्सवको आयोजना गरिएको  संघका अध्ययक्ष दुवाडी ले बताउनु भएको छ । ।