खाल्टेमा बस दुर्घटना २६ जना घाईते ६ जनाको अवस्था गम्भिर

797 पटक पढिएको

३ माघ २०७३, सोमबार १९:०५ सम्पादक: धादिङ न्यूज

धादिङ, ३ माघ : जिल्ला सरदमुकाम धादिङवेशीबाट ग्रामीण सडक हुंदै खाल्टे गाविसको फ्याक्से जाँदै गरेको बस दुर्घटना हुदाँ बसमा सवार २६ जना घाइते भएका छन् । गम्भिर घाईते भएका मध्ये माधव अधिकारी,सन्तोष जमकट्टेल,संगिता पाण्डे,देवकी वस्ती,संगिता श्रेष्ठलाई थप उपचारका लागि काठमाण्डौं पठाईएको छ । अन्य घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ ।

               धादिङ यातायात व्यवसायी संघमा आवद्ध बा ३ ख ८२६३ नम्वरको बस सोमबार सांझ पाँच वजे तिर खाल्टेको पतेनी गाँउको फेदीमा एक्कासी अनियन्त्रित भई सडकबाट ४० मिटर तल खस्दा बसमा सवार यात्रुहरु घाइते भएको उद्धारमा संलग्न स्थानीय रामबहादुर गुरुङले बताए । बसमा ३० जना भन्दा बढी यात्रु रहेको वताईएको छ ।बस बल्डयाङ खेल्दै बांसको झाङमा पुगेर रोकिएका कारण थप क्षती हुन रोकिएको उद्धारमा संलग्न स्थानीयले वताएका छन ।
शुरुमा गाँउलेहरुले घाईतेको उद्धार गरेका थिए । सदरमुकामबाट प्रहरी, एम्वुलेन्सहरु सहितको टोलीले घाईतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएको थियो । घाईतेहरु ल्याउने क्रम संगै जिल्ला अस्पतालमा स्थानीयको भिड थामिनसक्नु गरी बढेको थियो ।