नेपालका सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटर

789 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Sandeepकाठमाडौं । नेपालका युवा क्रिकेटर सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा परेका छन् ।

‘अल आउट क्रिकेट’ले सार्वजनिक गरेको विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूचीमा  नेपालका युवा क्रिकेटर सन्दिप पनि परेका हुन् ।

सन्दिप सूचीको ३० औं नम्बरमा छन् । १६ वर्षीय लेग स्पिनर लामिछानेलाई अल आउट क्रिकेटले भावी यासिर साहको उपमा समेत दिएको छ ।

विश्वभरका क्रिकेट लेखकहरुको मतका आधारमा ‘अल आउट क्रिकेट’ले यो सूची बनाइएको हो । अहिलेसम्म २० जनाको नाम सार्वजनिक गरिएको छ । शीर्ष १० को नाम भने आउन बाँकी छ ।