एकाबिहानै भूकम्पको धक्का, बेनिघाट केन्द्रबिन्दु,
3531 पटक पढिएको
धादिङ । लामो समय पछि शनिवार विहानै धादिङ र आसपासको जिल्लाका वासिन्दाले भुकम्पको धक्का महसुस गरेका छन । धादिङको वेनिघाट केन्द्र बनाएर शनिवार बिहानै भूकम्पको गएको छ । बिहान ६ बजे धादिङको बेनिघाट केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रले शनिबारको धक्कालाइ परकम्प भनेको छ ।गत वर्ष(२०७२) वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ वा त्यसमाथिका रेक्टर स्केलका हालसम्म ४ सय ७७ परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनु भयो ।
शनिवार विहानको भुकम्पको धक्काले कुनै क्षती पुगेको जानकारी आएको छैन ।