रविन्द्र चेपाङ्गको उपचारको लागि सहयोग रकम जुट्दै

863 पटक पढिएको

१० फाल्गुन २०७३, मंगलवार ०९:२१ सम्पादक: धादिङ न्यूज

16711790_1291398867573630_3534779393478169180_n खुट्टाको उपचार गराउन नसकेर लामो समयदेखि घरमै थलिन पुगेका धादिङको महादेवस्थान गाविस वडा नम्बर २ सिम्थली निवासी रविन्द्र चेपाङ्गको उपचारको लागि सहयोग रकम जुट्ने क्रम बढ्दै गएको छ । यसैक्रममा धादिंग समाज टोकाई होकुरिकु जापानले पनि आर्थिक सहयोग गरेको छ ।

आर्थिक अवस्था कमजोरीका कारण  खुट्टाको उपचार गराउन नसकेका रबिन्द्रको उपचारलाई सहयोग पु¥याउन धादिंग समाज टोकाई होकुरिकु जापानले जापानी येन २६००० सहयोग गरेको हो । सहयोग का लागि धादिंङ घर भै जापानमा बस्दै आउनु भएका राजकुमार अधिकारीले ३ हजार, श्याम शितल ३ हजार,किशोर पाण्डे ५ हजार,राम कृष्ण अधिकारी २ हजार, दिपेन्द्र अधिकारी १हजार,अनिल भुजेल ५ हजार,राम कृष्ण त्रिपाठी २ हजार, अनुप कंडेलले ३ हजार र राम कुमार थापाले २ हजार गरी  जापानी येन २६ हजार सहयोग गर्नु भएको हो । चेपाङ समुदायका सामाजिक कार्यकर्ता  कृष्ण चेपाङले रविन्द्रको पिडादायी तस्बिर  सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरी रविन्द्रको बारेमा जानकारी गराएपछि सहयोगका लागि अभियाननै शुरुभएको हो। विभिन्न स्थानका सहयोगी दाताहरुले रविन्द्रको उपचारमा सहयोग गर्न आर्थिक सहयोग गरिसकेका छन ।

     यस अघि पिपल भन्ज्याङ मावि महादेवस्थान ताल्तिका शिक्षक,बिद्यार्थी,स्थानीयवासी र सहकारी संस्थाको तर्फबाट १६ हजार४ सय ६५ रुपैंया सहयोग गरिएको तुलसीजंग थापाले जानकारी दिनुभयो।चेपाङको उपचार  विर अस्पताल काठमाण्डौंमा भईरहेको छ ।