चौतिंस हजार नगदसहित ‘जुवाडे’ पक्राउ
905 पटक पढिएको
धादिङ,१० असार (धादिङन्युज)। धादिङ जिल्लालाई जुवातास र अनैतिक कृयाकलापमुक्त वनाउन विभिन्न अभियान संचालन गर्दै आईरहेको प्रहरीले धादिङ जिल्लाको सदरमुकाम नजिकैवाट जुवा खेल्दै गरेका पांच जना जुवाडेहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङले शनिबार पक्राउ गरेको छ । प्रहरीले जुवाको खालबाट नगद चौंतिस हजार एक सय छव्विस र तीन बुक तास पनि बरामद गरी कारबाही अगाडि बढाएको बताइएको छ ।
पक्राउ पर्ने जुवाडेहरुमा धादिङ जिल्ला नीलकण्ठ गाविस वडा नम्बर ६ का मेटवहादुर भण्डारी,बिष्णु श्रेष्ठ,मोहन गुरुङ,हिमाल थापा मगर र लेखनाथ श्रेष्ठ रहेका छन । पक्राउ परेकाहरुलाई जुवा ऐन २०२० अन्र्तगत कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङले जिल्ला अदालतमा पेश गरेकोमा अदालतले आईतवार ६ दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीले यस अघि सदरमुकाम वाट पनि पटक पटक जुवाडेहरु पक्राउ गर्दै कारवाही अघि बढाएको भएपनि सदरमुकाम र आसपासका क्षेत्रमा खुलेआम जुवा खेल्ने खेलाउने कार्य हुंदै आईरहेको छ । यसरी जुवा खेल्नेहरुमा समाजमा लव्ध प्रतिष्ठित व्यक्ति भनिएकाहरु समेत रहेको सुचना प्रहरीले पाईसकेकाले त्यस्ता ठाउंहरुको पहिचान गर्न प्रहरी लागिरहेको वताईएको छ ।