शान्तबजारमा रेडियो धादिङको नयाँ भवन बन्ने

1097 पटक पढिएको

१७ फाल्गुन २०७३, मंगलवार ०६:०५ सम्पादक: धादिङ न्यूज

17022169_1305596842812007_1272825707720721608_nग्रामिण संचार सहकारी संस्था लिमिटेडद्धारा धादिङमा संचालित रेडियो धादिङको नयाँ भवन बन्ने भएको छ ।

विद्या सागर स्मृति संचार भवनको नामबाट बन्न लागेको भवनको सोमबार रेडियोका संस्थापक अध्यक्ष एवं धादिङ क्षेत्र नम्बर ३ का सांसद राजेन्द्रप्रसाद पाण्डेले एक कार्यक्रमकाबीच सिलान्यास गर्नु भयो ।  । रेडियो धादिङको भवन निर्माणको लागि धादिङको नीलकण्ठ नगरपालिका–३ निबासी यदु बहादुर रेशमी मगर र उनकी श्रीमती अमृता रेशमी मगरले शान्तबजारमा करिव २५ लाख रुपैंयाँ पर्ने ३ आना जग्गा प्रदान गरेका छन ।  ।

गत असोज ७ गते जिल्ला वन कार्यालय धादिङले रेडियो संचालन भइरहेको भवन जंगली  शैलीमा हमला गरी  भत्काइदिएपछि मगर दम्पतीले सम्पुर्ण धादिङबासीको मन जित्न सफल रेडियो धादिङ पुन व्यवस्थित रुपमा संचालन गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले रेडियोको स्टेशन भवन निर्माण गर्न जग्गादान गरेको वताएका छन । शिल्यान्यास गरिएको भवन आगामी असार १५ भित्र निर्माण सम्पन्न हुने स्टेशन म्यानेजर राजाराम शर्माले जानकारी दिनु भयो ।

भवन निर्माण गर्न ३५ लाख बराबरको श्रोत जुटिसकेको र क्यानभास इन्जिीनीयरिङ कल्सन्टेन्सिले १० कोठे भवनको नक्सा समेत डिजाइन गरेको शिलान्यासका अवसरमा जानकारी गराईएको थियो । फाग्न १६ गते आईतबार भएको भवन सिलान्यास कार्यक्रममा धादिङ क्षेत्र नं. २ का साँसद गुरुप्रसाद बुर्लाकोटी, सामुदायिक रेडियो प्रशारक संघ अकोराबका अध्यक्ष सुवास खतिवडा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्र भट्ट लगायतको सहभागीता रहेको थियो ।