ब्रतबन्धको भोज खाँदा धादिङको ज्यामरुङमा १६ जना बिरामी

764 पटक पढिएको

२० फाल्गुन २०७३, शुक्रबार १७:३३ सम्पादक: धादिङ न्यूज

Untitled-1 Jhada Untitled-1 copy.jpg jhada

धादिङजिल्लाको सदरमुकामबाट नजिकै रहेको ज्यामरुङ गा.वि.स.मा ब्रतबन्धको भोज खाँदा १६ जना भन्दा बढी बिरामी परेका छन् । ज्यामरुङको वडा नं ७ कुमाहीज्यामरुङका सुरेश बयालकोटीको घरमा बुधबार ब्रतबन्धको भोज खाँदा स्थानीयहरु बिरामी परेका हुन् ।

ब्रतबन्धको अघिल्लो दिन परिवारका सदस्य र ब्रतबन्धको दिन घरपरिवार र आफन्तजन बिरामी भएको स्थानीय मिठी बयालकोटीले बताइन् ।

बिरामीहरुमा पेट दुख्ने, टाउको दुख्ने, पखाला लाग्ने, बान्ता हुने लगायतको लक्षण देखिएको जिल्ला अस्पताल धादिङका सुपरिटेन्डेन रसिला अमात्यले जानकारी दिए । बिरामीहरुकोे जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको छ ।

स्थानिय चुडाबहादुर सुर्खेती, धनमाया बस्याल, ज्ञानमाया बस्याल, रामकला बयालकोटी, शान्तकुमारी भूसाल, तेजकुमार बयालकोटी, मीनु लम्साल, कोपीला लम्साल, संगीता बस्याल, मनिला बयालकोटी खुम बहादुर बयालकोटी, आशीका मजकोटी, प्रकाश बस्याल, इश्वर लम्साल, रजीना बयालकोटी, इश्वरी बयालकोटी बिरामी भएका छन् ।