वैशाख देखि मिर्गौला प्रत्यारोपण पनि निःशुल्क

924 पटक पढिएको

२७ फाल्गुन २०७३, शुक्रबार ०६:१२ सम्पादक: धादिङ न्यूज

काठमाण्डौ,- यसै वर्षदेखि मिर्गौला रोगीको निःशुल्क डायलासिस गरेको सरकारले आगामी वर्ष वैशाख १ गतेदेखि प्रत्यारोपण सेवा पनि निःशुल्क गर्ने भएको छ ।
विश्व मिर्गौला दिवसका अवसरमा मानव अङ्ग प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य कर कोषको रकम स्वास्थ्य सेवामा खर्च गर्ने गरी सरकारबाट सञ्चालित अस्पतालबाट प्रत्यारोपण निःशुल्क गर्न लागिएको जानकारी दिए।
रोगीका लागि आवश्यक औषधिका सहज बनाउन विश्वका स्थापित औषधि कम्पनीसँग छलफल भइरहेको र छिट्टै निर्णयमा पुग्ने मन्त्रालयले जनाएको छ । स्थानीय तहसम्म नसर्ने रोगको पहिचानका लागि यसै वर्ष एक हजार स्वास्थ्य चौकीमा सुरु गर्न लागिएको र आउँदो वर्षसम्म सबै स्वास्थ्य चौकीमा सुरु गरिने पनि मन्त्रालयको भनाइ छ ।