धादिङमा मदिरा व्यवसायीहरुको जिल्ला संघ गठन

1344 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

17795852_433198590361243_8075227807751182445_nधादिङ जिल्लाको विभिन्न स्थानमा छरिएर मदिरा बिक्री वितरण गर्दै आईरहेका व्यवसायीहरु संगठित भएका छन ।
जिल्लाभरका व्यवसायीहरुको भेलाले विदुर कंडेलको अध्यक्षतामा १३ सदस्यिय मदिरा व्यवसायी संघ धादिङको गठन गरेको हो । तदर्थ समितिको रुपमा गठन भएको संघको बरिष्ठ उपाध्यक्षमा निरञ्जन कंडेल, प्रथम उपाध्यक्षमा ओम काराखेती, द्धित्तिउ उपाध्यक्षमा संजिप श्रेष्ठ, महासचिवमा कृष्णकुमार सिलवाल, सचिवमा दिवससागर श्रेष्ठ र कोषाध्यक्षमा विमल दनै चयन भएका छन । यसै गरी कार्य समितिको सदस्यहरुमा भुवन महर्जन, विदुर पाण्डे, श्रवण त्रिपाठी,संजिप त्रिपाठी,किशोर कोइराला र इन्द्र श्रेष्ठ रहेका छन भने प्रवक्तामा राजकुमार प्याकुरेल रहेका छन ।
नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद नेपाल लगायतका पदाधिकारीहरुको उपस्थितीमा सम्पन्न धादिङका मदिरा व्यवसायीहरुको भेलाले जिल्ला संघको गठन गरेको हो ।
मदिरा व्यवसायलाई व्यवस्थित र मर्यादित बनाई संचालन गर्न र व्यवसायीहरुका बिचमा आईपर्ने समस्याहरुका बिषयमा सामूहिक छलफल गरी समस्या समाधानका लागि पहल गर्न संघको गठन गरिएको प्रवक्ता प्याकुरेलले धादिङ न्यूजलाई जानकारी दिए ।