अबैध मदिरा नियन्त्रणमा जुट्यो धादिङ प्रहरी

564 पटक पढिएको

सम्पादक: Dhading News

17991915_1495398367157792_241127629499516720_nधादिङ – निर्वाचनको मिति नजिकिंदै जांदा धादिङ जिल्लाको शान्ति सुरक्षाको स्थितिलाई मजवुत पार्न स्थानीय प्रहरीले सुरक्षा गस्ति बढाउनुका साथै अबैध मदिरा नियन्त्रण गरी नष्ट गर्ने अभियान शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यलय धादिङले सदरमुकाम धादिङबेसी आसपासका क्षेत्रबाट ३ हजार लिटर घरेलु मदिरा बरामद गरेको छ ।

प्रहरी निरीक्षक जनक पुरीको नेतृत्वमा खटिएको टोलीले विहिबार मदिरा बरामद गरेको हो । मदिरासँगै सय वटा रक्सि राख्ने ड्रम र ३९ वटा रक्सि बनाउने भाडा बरामद गरिएको प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यलय धादिङले जिल्लाको विभिन्न ठाउँमा मदिरा बरामद गर्दै आइरहेको छ ।  अबैध रुपमा उत्पादन गरिने मदिरा विषाक्त हुनुको साथै मदिरा सेवनका कारण गाउंघरमा अपराधका घटनाहरु समेत बढ्ने गरेको भन्दै प्रहरीले घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा रोक लगाउँदै आएको छ ।