बालबालिकालाई परिवारसंग पुनर्मिलन गराउँदै हिमाली नवीन समाज

1165 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

18716413_1395691970474479_1341331416_nधादिङ- काठमाडौँको गोल्फुटारमा अवस्थित हिमाली नवीन समाज संस्थाले उत्तरी धादिङको एकदमै बिकट मानिने साविक सेर्तुङ गा.वि.स का २ जना बालबालिकाहरुलाइ उनीहरुको सम्वन्धित अभिभावकसँग ९ बर्ष पछि परिवार पुनर्मिलन गरिदिएको छ |

बर्ष १३ को सरस्वती कामी(नाम परिवर्तन) र बर्ष १८ को विकास सिन्चौरी(नाम परिवर्तन)लाइ उनीहरुको जैविक दाइ हिरालाल कामीसँग जिल्ला बालकल्याण समिति धादिङको रोहवरमा जिम्मा लगाईएको हिमाली नवीन समाज संस्थाका वरिष्ठ पुनर्मिलन अधिकृत सुरेन्द्र लामा तामाङले जानकारी दिनुभयो |

परिवार पुनर्मिलन पश्चात उक्त संस्थाले बाल हेरचाह योजनानुसार नियमित अनुगमन तथा भ्रमण समेत गरिने जनाएको छ | निज बालबालिकाहरुको शिक्षाको लागि सहयोग गर्ने उक्त संस्थाले प्रतिबद्दता गरेको छ | उक्त बालबालिकाहरु भक्तपुरको झौखेलमा अवस्थित खुशीको खबर मिशन अर्थात जोइफुल न्युज मिशन नामक बालगृहबाट केन्द्रीय बालकल्याण समितिको सहयोगमा जिल्ला बालकल्याण समिति भक्तपुरले मिति २०७३ कार्तिक २५ गते उद्दार गरि हिमाली नवीन समाज संस्थामा पारिवारिक पुनर्स्थापनाको निमित्त स्थानान्तरण गरिएको थियो | जिल्ला बालकल्याण सामिति भक्तपुरको अनुगमनको बेला उक्त बालगृहमा बालबालिका हेरचाह गर्ने कर्मचारी नभएको,बिना दर्ता संचालन भएको, बालबालिकाहरुलाई मिति गुज्रिएका खानेकुराहरु खुवाइएको,बालबालिकाहरुमाथि कुटपिट हुनेगरेको, बालगृहमा बाख्रापालन, कुखरापालन र तरकारी खेती जस्ता कार्यहरुमा बालबालिकाहरुलाइ प्रयोग गरेको पाइएकोले पटकपटक सुधारको लागि सल्लाह दिदा समेत कुनै उपलव्धी नभएको कारणले उक्त बालगृह बन्द गरिएको थियो | बालबालिकाहरुको अनावश्यक पारिवारिक बिछोड र बालबालिका ओसारपसार तथा बेचबिखन न्युनिकरणको लागि धादिङको झारलाङमा १० महिने परिवर्तनका संवाहक कार्यक्रमको सफल संचालन पश्चात उक्त कार्यक्रम री गा वि स मा पनि विस्तार गरिएको संस्थाले बताएको छ |