ट्रकको ठक्करले मोटरसाईकलमा सवार एकको मृत्यु

725 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

19875426_1402660203146413_3879015138665743288_n (1)थांक्रे-त्रिभुवन राजपथमा पर्ने धादिङको थांक्रे गाउँपालिकाको सातकिलामा ट्रकले ठक्कर दिदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ । गल्छि हुँदै काठमाण्डौँ तर्फ जाँदै गरेको ना ३ ख २९४६ नम्बरको ट्रकले सोमवार दिउँसो साँढे चार बजे तिर सोहि दिशामा गुडिरहेको बा ७६ प ६४१२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा धादिङ ज्वालामुखी गाउँपालिका मैदीका २७ वर्षिय सन्तोषजँग शाहको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ ।
मोटरसाइकल चालक २६ वर्षीय सुजन खड्का भने घाईते भएका छन् । घाईतेको काठमाण्डौँमा उपचार भैरहेको छ । मोटरसाईकलले गलत दिशाबाट ओभरटेक गर्न लाग्दा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । घटना पश्चात प्रहरीले मोटरसाईकल, ट्रक र ट्रक चालक लाई नियन्त्रणमा लिएको छ ।