गल्छी गाउँपालिकाको वजेट २७ करोड ५० लाख ४० हजार

2359 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

गल्छी-गल्छी गाउँपालिकाको  बजेट,नीति तथा कार्यक्रम सार्वजनिकीकरण गरिएको छ । २०७४  असार ३१ गते सम्पन्न गाउँ सभाले पारित गरेको बजेट,नीति तथा कार्यक्रम मंगलबार एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो  ।

????????????????????????????????????

????????????????????????????????????

गाउँपालिकाको विकासका लागि २७ करोड ५० लाख ४० हजारको बजेट सार्वजनिक भएको छ । गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठको अध्यक्षतामा भएको  नीति, कार्यक्रम तथा बजेट सार्वजनिकिकरण कार्यक्रममा उपाध्यक्ष राधा तिमिल्सिना लामिछानेले प्रस्तुत गर्नु भएको हो ।गाउँपालिकाले चालु आर्थिक बर्षका लागि चालुमा ३ करोड ७० लाख, पुँजीगतमा १३ करोड ७५ लाख ३६ हजार र शर्सत प्राप्त अनुदान तर्फ ८ करोड २९ ३६ हजार रकम विनियोजन गरिएको छ ।
त्यसै गरी पुँजीगत रकममा आर्थिक विकासमा ९८ लाख २४ हजार,सामाजिक विकासमा ३ करोड १३ लाख ५० हजार पुर्वाधार विकासमा ६ करोड ९४ लाख, वन वाताबरण तथा विपद व्यवस्थापनमा ६८ लाख ,संस्थागत विकास, वित्तिय जोखिम न्युनिकरण र सुशासन तर्फ ९६ लाख ३० हजार गरी कुल २७ करोड ५० लाख ४० हजार रुपैयाको वजेट गल्छी गाउँपालिकाको संचित कोषबाट खर्च गर्ने गरी विनियोजन गरिएको कार्यक्रममा वताईएको थियो ।

????????????????????????????????????

सार्वजनिक कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, नेपाली काँग्रेसका गल्छी गाउँपालिका संयोजक गोपिप्रसाद रिमाल, नेकपा एमालेका संयोजक केदारनाथ खतिवडा, माओवादी केन्द्रका रामचन्द्र सेन्चुरी, राप्रपाका प्रेमवहादुर अधिकारी गाउँपालिकाका कार्यकारी अधिकृत दिपेन्द्र रेग्मी, विभिन्न सामाजिक संघ संस्था, बिद्यालय, स्थानीय सरकारी कार्यालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।बैरेनी र कल्लेरी गाविसको सबै वडा र गोगनपानी गाविसको वडा नम्बर ५ वडा समेटेर वनाईएको गल्छी गाउँपालिकामा ८ वडा कायम गरिएको छ । १२९.८ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्या २७ हजार ७ सय ८४ रहेको छ ।

गाउँपालिकाले कृषि, पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, वाताबरण संरक्षण, पर्यर्टन प्रवर्दन,आर्थिक  बृद्धिका लागि उद्योग व्यवसाय लगायत जनसरोकारका बिषयलाई पहिलो प्राथमिकतामा राखी निती तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने अध्यक्ष श्रेष्ठले वताउनु भएको छ ।