नीलकण्ठ नगरपालिकाद्धारा जिल्ला समन्वय समिति कव्जाको प्रयास

1356 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

kabja praysh

केशव अधिकारी
धादिङ, १८ साउन -भाडाको घरमा कार्यालय संचालन गरिरहेको सदरमुकाम धादिङबेसी स्थित नीलकण्ठ नगरपालिकाले जिल्ला समन्वय समिति धादिङको भवनबाट जवरजस्ति कार्यालय संचालन गर्न खोजेपछि बुधबार धादिङमा तनाव भएको छ ।
IMG_3373नगरपालिकाको बोर्ड बैठकबाट पारित गरेर जिल्ला समन्वय समितिलाइ कार्यालय उपलब्ध गराइदिन आग्रह गरेपनि जिल्ला समन्वय समितिले अटेर गरेको भन्दै नीलकण्ठ नगरपालिका मेयर भिमप्रसाद ढुङगाना सहितका पदाधिकारी र कार्यालयका कर्मचारीहरुको टोली बुधवार दिउँसो टेवुल कुर्चि बोकेरै जिल्ला समन्वय समितिमा पुगेको थियो ।
मेयर उपमेयर तथा अन्य जनप्रतिनिधिका साथमा कर्मचारीको टोली नगरपालिकाको टेवुल र कुर्चि सहित जिल्ला समन्वय समिति प्रवेश गर्न खोजेपछि स्थानिय प्रशासनले उनिहरुलाई मुलगेटबाट भित्रै छिर्न दिएन । नगरपालिकाको टोली जिल्ला समन्वय समितिमा प्रवेश गर्न खोज्ने तर प्रहरीले छेक्ने क्रममा केहीवेर दुईपक्ष बिच धकेला धकेल समेत भएको थियो ।

IMG_3366स्थानिय प्रशासनले जिल्ला समन्वय समितिभित्र प्रवेश गर्न नदिएपछि नगरपालिकाले जिससको गेटमा नै टेन्ट र त्रिपाल राखेर अस्थायी कार्यालय संचालनमा ल्याएको बताएको छ ।
नीलकण्ठ नगरपालिका मेयर भीम प्रसाद ढुङगानाले भने, ‘नगरपालिका र जिसस एउटै मन्त्रालय अन्तरगतका हुन्, जिससमा कोठाहरु खाली बस्ने, हामी जनताबाट कर उठाएर भाडा तिर्ने गर्नु भएन भनेर संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयमा हामीले भन्यौँ, उसले समन्वय गरेर चलाउनु भनेर पत्र पठाएको भएपनि त्यसलाइ बेवास्ता गरिएकाले बाध्य भएर टेवुल कुर्चि बोकरै आउनुपरेको हो ।’
IMG_3393 (1)नगरपालिकाले कार्यालय कव्जाको प्रयास गर्ने सुईको पाउना साथ धादिङका स्थानिय विकास अधिकारी जीवलाल भुषाल भने विदामा बसेका छन । नीलकण्ठ नगरपालिकाले जिससमा कार्यालय सार्दैछ भन्ने सुचना पाएपछि जिल्ला प्रशासन कार्यलय धादिङले जिल्ला समन्वय समितिमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरेको थियो ।
मेयर ढुङगानाले भने, ‘हामीले कानुन सम्मत तरिकाले चिठि काटेर मन्त्रालयको सिफारिस लिएर कार्यालय सार्न भनेर आएका हौँ, जवरजस्ती गरेको होइन, संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले नै समन्वय गरेर कार्यालय संचालन गर्नु भनेर पत्र पठाएको भएपनि स्थानिय विकास अधिकारीले त्यसको कुनै जवाफ नदिएर विदामा बस्ने काम गरे ।’ मेयर ढुंगानको आरोप छ ।
जिल्ला प्रशासन कार्यलय धादिङले भने नीलकण्ठ नगरपालिकाको कर्मचारीहरुको टोलीलाइ भित्र पस्न नदिएको नभइ जिल्ला समन्वय समिति भित्रै जिसस निर्वाचन अधिकृतको कार्यलय राखिएकाले त्यसको सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गर्नुपरेको बताएको छ । धादिङमा जिल्ला समन्वय समितिको निर्वाचन भएको छैन । गत मंगलवार उम्मेद्वारी दर्ता भएपनि साउन २३ गतेलाइ निर्वाचनको मिति तोकिएको छ ।
नगरपालिकाले कार्यलय सार्दैछ भन्ने सुचना पाएपछि प्रमुख जिल्ला अधिकारी महेश प्रसाद आचार्यले जिल्ला प्रशासन कार्यालयमा बुधवार सर्वदलिय वैठक राखेको भएपनि त्यसले कुनै निचोड निकाल्न सकेन । जिल्ला समन्वय समितिको निर्वाचन नजिकिदै गरेकाले सर्वदलिय छलफलमा निचोड निक्लन नसकेको छलफलमा सहभागी एक नेताले बताए । जिल्ला समन्वय समितिको निर्वाचनपछि आउने नयाँ प्रतिनिधिसंग छलफल गरेर कार्यालय संचालन गर्ने प्रस्ताव गरिएको भएपनि दलहरुवचि सहमती हुन नसकेको बताइएको छ ।