रुवीभ्यालीको लिङजोमा पहिरोले दुई सय ५० परिवार जोखिममा

2171 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ, ३१ साउन – लगातारको बर्षा पछि आएको पहिरोका कारण उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर १ का २ सय ५० घर परिवार संकटमा परेका छन ।
पहिरोले साविकको तिप्लिङ गाविस वडा नम्बर ८ र ९ को गाउँ वस्तिलाई गाउँकेन्द्र देखि स्वास्थ्य चौकी र वजार सम्म जोड्ने एक मात्र पैदलमार्ग वगाएपछि पुरु, लिङ्जो र थम्च्युमेनका वासिन्दा समस्यामा परेका हुन । बस्तिबाट निस्कने एउटै मात्रै वाटो त्यो पनि ठाउँ ठाउँमा पहिरोले वगाउनुका पहिरो खस्ने क्रम नरोकिएपछि २ सय ५० घरपरिवार संकटमा परेको रुवीभ्याली गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष मेन घलेले वताउनु भयो । पहिरोको कारण गाउँमा संचालन भईरहेको फोटो सहितको मतदाता नामावलीका लागि फोटो खिचाउन आउनेहरु समेत प्रभावित भएका छन ।
Nepal5एक हप्तादेखि  पहिरो खसिरहेकाले दैनिक उपभोग्य सामानहरु लिन वजार आउन मात्रै होइन विरामी परेकाहरु उपचारका लागि स्वास्थ्य चौकी सम्म पुग्न नसकेको पनि वडा अध्यक्ष घलेले वताउनु भयो ।
तिप्लिङमा एकहप्तादेख लगातार वर्षा भइरहेको र पहिरो जाने क्रम पनि नरोकिएकाले गाउँवासी बस्तिबाट वाहिर निस्कन नसक्ने अवस्थामा रहेको घलले जानकारी दिनु भयो । घटना स्थल सदरमुकाम धादिङबेसीबाट चार दिनको पैदल यात्रा पछि मात्रै पुग्न सकिन्छ भने गणेशहिमालको फेदीमा रहेको यो बस्ति जिल्लाकै सबैभन्दा विकटको बस्ति समेत हो ।

तस्वीर घटना स्थलको नभई प्रतिनिधि तस्वीर मात्र भएको जानकारी गराँउदछौं ।  सं