प्रदेश सभा क्षेत्र नं. १ का लागि नेत्रराज पौडेल सर्वसम्मत

1367 पटक पढिएको

सम्पादक: Dhading News

 Netraraj-paudel-Arthatantra9नेकपा एमाले धादिङले आगामी मंसिर १० गते हुने प्रदेश सभा निर्वाचनको उम्मेदवार छनोट गर्न चारवटै क्षेत्रको बैठक बुधबार सम्पन्न गरेको छ ।

प्रदेश सभामा चार वटा क्षेत्र रहेको मध्य क्षेत्र नं. १ अन्तर्गत (१) को निर्वाचन क्षेत्र भित्र धुनिवेसी नगरपालिका, थांक्रे र गल्छी गाउँपालिका समेटिएका छन । जस्मा साविकको छत्रेदेउराली, जिवनपुर,नौविसे, थांक्रे, तसर्पु,केवलपुर,भुमेस्थान,गोगनपानी, कल्लेरी र बैरेनी गाविस पर्दछन । यो नेकपा एमालेको राम्रो पकड भएको क्षेत्रका रुपमा चिनिन्छ । र (ख) को बैठक सकिएको छ । १(क) मा आठ जना आकांक्षीका बीचमा प्रदेश कमिटीका सदस्य नेत्रराज पौडेल निर्विरोध चयन भएका छन् । महादेवबेसीमा सम्पन्न प्रदेश क्षेत्रिय कमिटीको बैठकमा केदार खतिवडा, रामराजा पाण्डे, देवकी पौडेल, उद्दव लुईटेल, कुमार पाण्डे, सुरेश आचार्य, दिनेश रुपाखेतीले पनि उम्मेदवार हुने आकांक्षा राखेका थिए । बैठकले आकांक्षी सबैलाई जिल्ला कमिटिमा सिफारिस गर्दै आकांक्षी मध्यमा सबैभन्दा उपयुक्त पात्र नेत्रराज पौडेलको नाममा सर्वसम्मत निर्णय गरिएको व्यहोराको नोट लेखेर हस्ताक्षर गरी पठाइएको एमाले जिल्ला कमिटीका सदस्य नरेश खतिवडाले जानकारी दिए । मिजासिला स्वाभावका पौडेल जनताको प्रिय छन् । उनी विपक्षीमाझ पनि लोकप्रिय छन् । दक्षिण पुर्वको पार्टी संगठनमा पक्कड जमाएका उनी सोही भुगोलबाट २०५४ मा जिविस सदस्य भएका थिए । प्रदेश कमिटीबाट सो क्षेत्रको इञ्चार्जको जिम्मेवारी पाएका उनी नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद पुर्व सदस्य हुन् ।

नेकपा एमालेका निम्ति सबैभन्दा अनुकुल मानिएको सो क्षेत्रमा धेरै जनाको आकांक्षा हुनु स्वभाविक भएको एमाले नेताहरु बताउँछन् । एक नगरपालिका सहित तीन वटा स्थानीय तह रहेको सो क्षेत्रका तीन वटै तहमा एमाले निर्वाचित भएको थियो । धुनिवेशी नगरपालिका बाहेक थाक्रे र गल्छिमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धन थियो । तीनवटै तहमा फराकिलो जित हासिल गरेको एमालेका निम्ति नेत्र पौडेल हुँदा झनै सहज हुने अनुमान गरिएको छ । त्यस्तै १(ख)को बैठकले चार जनाको नाम जिल्ला कमिटिमा सिफरिस गरेको छ । केन्द्रिय लेखा आयोगका सदस्य मिनराज कंडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्मा, पार्टी सचिव शिवराज कंडेल र पुराना नेता देवप्रसाद त्रिपाठीको नाम सिफरिस गरेको छ । क्षेत्र नं. २ अन्तगर्त दुवै क्षेत्रको बैठक चलिरहेकोले हालसम्म कुनै निर्णय नभएको एमाले नेताहरुले बताएका छन् ।