धादिङबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेको को को छन आकांक्षी ?

4495 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-नयाँ संरचना अनुसार केन्द्रिय संसद ( प्रतिनिधि सभा)का लागि २ निर्वाचन क्षेत्र कायम गरिएको धादिङ जिल्लामा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि टिकटमा कस्ले बाजी मार्ला सबैको चासोको बिषय बनेको छ । यस अघि ३ वटा निर्वाचन क्षेत्र रहेको धादिङ जिल्लामा ३ वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । निर्वाचन क्षेत्र ३ बाट २ वनाएपछि टिकट लिन चाहने आकांक्षीहरु बढ्नु स्वभाविक ठानिएपनि टिकटमा कस्ले बाजी मार्ला  सर्वत्र चासोको बिषय बनेको नेकपा एमालेका जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको भनाई छ ।
578743_106167019532248_1453798896_n 20294372_1847242942271411_6144642076083348709_nजिल्लाको दक्षिणी भेगलाई निर्वाचन क्षेत्र नम्बर १ र मध्य तथा उत्तरी क्षेत्रलाई निर्वाचन क्षेत्र नम्बर २ कायम गरिएपछि दक्षिणी अर्थात क्षेत्र नम्बर १ बाट अहिलेसम्म एमालेका पोलिटव्युरो सदस्य एवम वहालवाला सांसदद्धय राजेन्द्रप्रसाद पाण्डे, गंगालाल तुलाधर,  एमालेका जिल्ला अध्यक्ष भुमि त्रिपाठीले   प्रतिनिधि सभा सदस्यका लागि दावी प्रस्तुत गरेपछि यस क्षेत्रमा उम्मेदवार दावी गर्ने तीन जना पुगेका छन । विहीवार बैरेनीमा बसेको निर्वाचन क्षेत्र नम्बर १ स्तरीय अगुवा कार्यकर्ताहरुको भेलामा सांसद पाण्डे र तुलाधरले लिखित रुपमा आफ्नो दावी गराएका हुन । gangalal-tuladharभेलामा दुवै जना उपस्थित नभएपनि प्रतिनिधि मार्फत उहाँहरुको पत्र आएपछि उम्मेदवार बन्न चाहनेको संख्या ३ जना पुगेको हो । त्रिपाठीले भेलालाई सम्वोधन गर्दै आंफुलाई २०७० सालको निर्वाचनमै पार्टी पंक्तिले सांसद पदको दावेदारका रुपमा प्रस्तुत गरेकाले यस पटक सर्वसम्मत टिकट पाउनु पर्ने दावी राख्नु भएको छ  ।   क्षेत्र नम्बर १ मा साविकको निर्वाचन क्षेत्र नम्बर ३ का सबै भुभागका साथै साविकको २ नम्बर क्षेत्रमा रहेको केवलपुर,गोगनपानी,कल्लेरी,कुम्पुर,नलाङ र सलाङ गाविस समेटिएका कारण यो क्षेत्र एमालेको लागि निकै वलियो मानिएको छ ।
10473608_4234565118268_956449896207503233_n 1382219_668059593226723_705906277_n त्यसै गरी अहिलेको क्षेत्र नम्बर २ बाट अहिले सम्म एमालेका केन्द्रिय सदस्य खेम लोहनी र वहालवाला सांसद गुरुप्रसाद बुर्लाकोटीको नाम चर्चामा रहेको छ । दुवै निर्वाचन क्षेत्रमा एमालेको संगठन मजवुत रहेको र विगतमा ३ वटै निर्वाचन क्षेत्रमा विजयी भएकाले २ नम्बर क्षेत्रमा पनि आफ्नो पार्टी विजयी हुने एमाले नेता तथा कार्यकर्ताहरुको विश्वास छ ।

 धादिङ–२ (क,ख) मा प्रदेश साभाका आकांक्षी

 नेकपा एमाले धादिङ क्षेत्र नं. २ अन्तगर्त प्रदेश सभाका दुवै क्षेत्रको बैठक बुधबार साँझ  सम्पन्न भएको छ ।  दुई वटै क्षेत्रमा आकांक्षी धेरै देखिएकाले बैठकमा आएका सबै नाम जिल्ला कमिटिमा निर्णयार्थ पेश गरिएको छ ।

प्रत्यक्ष तर्फ २ (क) मा कृष्णबहादुर लामा, डा. रामकुमार अधिकारी, पार्वती खाँण, खेमबहादुर पाठक, धर्मराज अर्याल, राजेन्द्रप्रसाद सापकोटा र यज्ञश्वर अर्यालको नाम जिल्ला कमिटिमा पठाइएको एमाले नेता नेत्रप्रसाद नेपालले जानरकारी दिए । त्यस्तै २ (ख) मा पनि टेलिफोन र एसएमएस मार्फत टिपाइएका नाम समेत संकलन गर्दा करिव डेढ दर्जनले आकांक्षा प्रकट गरेकोले सबैसंग कुरा गरेर प्रतिस्पर्धाका निम्ति उपयुक्त नाममात्र जिल्ला कमिटिमा सिफारिस गर्न लागिएको एमाले प्रदेश नं. ३ का सदस्य एवं सो क्षेत्रका इञ्चार्ज डा. रामकुमार अधिकारीले जानकारी दिए । सो क्षेत्रमा वहालवाला सांसद धनबहादुर घले, रामहरि अधिकारी, उमेश थापा, इन्दिरा ढुंगाना, भरत खत्री, बाबुकृष्ण श्रेष्ठ, विष्णु सिंखडा, नारायण कार्की, गोपी पाण्डे लगायतको नाम जिल्ला कमिटिमा पेश गर्न लागिएको अधिकारीले बताए । रामहरि अधिकारीले आफु समानुपातिकमा सुरक्षित भए प्रत्यक्ष चुनाव नलड्ने मनसाय ब्यक्त गरेकोले अधिकारीको नाम समानुपातिकमा एकल सर्वसम्मत पठाएको युवा संघ नेपालका केन्द्रीय सदस्य भरत खत्रीले बताए ।