काठमाण्डौको फोहोर फाल्न धुनिवेसी नगरपालिकालाई एक करोड

827 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesधुनिवेसी  – काठमाडौँ महानगरपालिकाले  धादिङको धुनीबेँसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिका र लाई फोहर व्यवस्थापनमा सहयोगका लागि रु एक/एक करोड हस्तान्तरण गरेको छ ।

काठमाडौँ महानगरपालिकाले यहाँ शुक्रवार काठमाण्डौंमा  आयोजना गरेको स्थानीय विकास रकम हस्तान्तरण कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय तहमा खर्च गर्नेगरी धुनीबेँसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य र ककनी गाउँपालिका प्रमुख मानबहादुर लामालाई रु एक एक करोड हस्तान्तरण गर्नुभएको हो ।

सोही अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले लामो समयदेखि कामपाले बञ्चरे डाँडामा फोहर व्यवस्थापन कार्य शुरु गर्ने भनेपनि तत्काल उक्त कार्य गर्न नसकिने स्पष्ट पार्नुभयो । कामपाले ओखरपौवामा दुई वर्षका लागिमात्र फोहर व्यवस्थापन गर्ने सम्झौता गरे तापनि १३ वर्षदेखि उक्त स्थानमा फोहर फाल्दै आएको छ, जसका कारण स्थानीय जनता मारमा परेका छन् ।

ककनी गाउँपालिका वडा नं ३ का अध्यक्ष घननाथ बजगार्इंले ओखरपौवाका जनताको स्वास्थ्य र अन्नबालीमा समेत असर पारी कामपाले अव्यवस्थितरुपमा फोहर संकलन गर्दै आएको आरोप लगाउँदै तत्काल विकल्पको बाटो खोज्न आग्रह गर्नुभयो ।

कामपाले जुनकुनै हालतमा पनि बञ्चरे डाँडामा नै दीर्घकालीनरुपमा फोहर संकलन गर्ने स्थान बनाउनुपर्ने बजगाईंको माग छ ।