सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

686 पटक पढिएको

प्रकाशित मिति: २०७४, १० कार्तिक शुक्रबार १०:४६

सम्पादक: धादिङ न्यूज

download (1)धादिङ १० कात्तिक – त्रिभुवन राजपथ अन्तरगत नागढुङ्गा नौविसे सडक खण्डको टायलघरमा शुक्रवार विहान ८ .३० वजे तिर भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । काठमाण्डौबाट गजुरी तर्फ आउदै गरैको बा ८२ प ७७९७ नम्वरको मोटरसाईकललाई धादिङको गजुरीबाट वालुवा लिएर काठमाण्डौं जांदै गरेको बा २ ख ७१८२ नम्वरको ट्रिपरले ठक्कर दिदा मोटरसाईकलमा सवार दुवैजनाको ज्यान गएको हो ।
दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा काठमाण्डौ त्रिपुरेश्वर निवासी वर्ष २३ का शलिन तुलाधर र काठमाण्डौ बबरमहल निवासी २२ वर्र्षीय रामेश्वर सिलवाल रहेको इलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ ।
ट्रिपर चालक र ट्रिपरलाई ईलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ भने शब पेष्टमार्टका लागी काठमाण्डौ शिक्षण अस्पताल महाराजगन्ज पठाईएको प्रहरीले जनाएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७४, १० कार्तिक शुक्रबार १०:४६ मा प्रकाशित