निर्वाचन आचार संहिता विपरित चुनाव प्रचार गर्न हेलिकप्टर

1315 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

helicopters-sectionpage-teasergroup-preowned-sell-your-helicopterधादिङ । १७ कात्तिक  :  निर्वाचन आचार संहिता विपरित लोकतान्त्रिक गठवन्धनका उम्मेद्वारहरुले धादिङको उत्तरी क्षेत्रमा हेलीकप्टरको प्रयोग गर्दै निर्वाचन प्रचार प्रसार गरिरहेका छन् ।
लोकतान्त्रिक गठवन्धनका तर्फबाट धादिङ क्षेत्र नम्बर २ का  नेपाली काग्रेसका उम्मेदवार  दिलमान पाख्रिन र राप्रपाका समानुपालिक उम्मेद्वार बुद्धिमान तामाङले आचारसंहिता विपरित हेलीकप्टर चढेर निर्वाचन प्रचारको कार्यक्रम गरेका हुन् ।
उम्मेद्वारहरुले ०७४ कात्तिक १५ गते सेर्तुङको छापथोकमा, कात्तिक १५ गते तिप्लिङको लब्दुङमा र कात्तिक १६ गते लापाको सदाचेतमा हेलिकप्टरबाट पुगेर निर्वाचन कार्यक्रमलाई सम्बोधन गरेका छन् ।
श्रीएयरको हेलीकप्टर लिएर प्रचार प्रसार कार्यक्रमलाई  सम्बोधन गर्न दिन दिनै हेलीकप्टर गाउँमा आएको गाउँबासीले समेत जानकारी दिएका छन् । तिप्लिङका पेम्बा तामाङले दुई दिनदेखि गाउँमा हेलीकप्टर आएको र नेताहरुले चुनावी प्रचार अभियानलाई सम्बोधन गरेको जानकारी दिए ।
पार्टीले निर्वाचन प्रचारका लागि देशभर २ ओटासम्म हेलीकप्टर निर्वाचन आयोगको स्वीकृतिमा  प्रयोग पाउने निर्वाचन आचारसंहितामा उल्लेख भएपनि निर्वाचन आयोगसंग स्वीकृति नलिइ प्रयोग गरिएकोले उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएको निर्वाचन पर्यवेक्षकहरुले वताएका छन ।