धादिङ बस दुर्घटनामा ३३ को मृत्यु, अझै १ बेपत्ता

740 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

22815481_849417105223621_9010445614475880419_nधादिङ । धादिङमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ३३ पुगेको छ । गत शनिबार घाटबेंसीमा भएको बस दुर्घटनापछि बेपत्ता एक युवतीको शव शुक्रबार अपराह्न फेला परेपछि मृतकको संख्या ३३ पुगको हो ।

प्रहरीका अनुसार दुर्घटनास्थलबाट करिब ३ किलोमिटर तल गजुरी नेपाली सेनाको व्यारेकमुनि लाश तलाउमा तैरीरहेको अवस्थामा फेला परेको हो ।

परिवारजनले दिएको हुलियाको आधारमा भेटिएको शव अन्दाजी १८ वर्षीय पूजा झाको हुन सक्ने गजुरीस्थित प्रहरी निरीक्षक वरुणबहादुर सिंहले बताए । सिंहका अनुसार आफन्तहरुलाई पनि लाश पहिचान गर्न बोलाइसकेको छ । शुक्रबार फेला परेको लाशसहित मृत्यु हुनेको संख्या ३३ पुगेको छ । तीन वर्षीय प्रतीक झाको अवस्था अझै अज्ञात छ । हिजो बिहीबार फेला परेको अभिनन्द चधौरीको लाश शव परीक्षणपश्चात् शुक्रबार अपराह्न परिवारजनलाई बुझाइएको छ ।