राजधानीमा तरकारीको भाउ ह्वात्तै बढ्यो

715 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

vegetable-market_625x350_61433484797काठमाडौं । राजधानीमा तरकारीको भाउ ह्वात्तै बढेको छ । प्रमुख तरकारी बजार केन्द्र कालिमाटीमा तरकारी तथा फलफुलको मूल्यमा ७० रुपैयाँसम्म बढेको हो ।

हप्तादिनमा हरियो धनियाँ प्रतिकिलोको थोक मूल्य ७० रुपैयाँ बढेको छ । गएको हप्ता प्रतिकिलो १ सय ५५ रुपैयाँ पर्ने उक्त धनियाँको मूल्य सोमबार २ सय २५ रुपैयाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार हप्तादिनमा घिउ सिमिको प्रतिकिलो थोक मूल्यमा २० रुपैयाँ बढेर ८२, बन्दामा १६ रुपैयाँ बढेर ६८, ठूलो गोलभेडामा १४ रुपैयाँ बढेर ९२, तितो करेलामा १४ रुपैयाँ बढेर ९२ र हरियो फर्सीमा १० रुपैयाँ बढेर ५८ रुपैयाँ पुगेको छ ।

गएको वर्षभन्दा कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको मूल्य ५४ रुपैयाँसम्म बढेको छ । अहिले बजारमा ठूलो गोलभेडाको प्रतिकिलो थोक मूल्य ९२ रुपैयाँ पुगेको छ । गएको वर्ष सोहि अबधिमा उक्त तरकारीको मूल्य किलोको ३८ रुपैयाँ मात्रै थियो ।

राजधानीमा रहेका तरकारीका खुद्रा व्यापारीहरुले आफूखुसी तरकारीको मूल्य असुल्ने भएकोले झन बजारमा तरकारीको भाउ आकाश छुने गरि बढेको उपभोक्ताहरुको भनाई छ ।