मतपेटिका हेलिकप्टर बाट सदरमुकाम ल्याईयो (फोटो फिचर)

2067 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

23905532_1480240362062676_786591440609046267_nधादिङ ११ मंसिर,–सडक सञ्जालले नछोएको उत्तरी धादिङका विकटका वस्तिहरुमा रहेको मतदान केन्द्रबाट हेलिकप्टरबाट मतपेटिका जिल्ला सदरमुकाम धादिङबेसी ल्याईएको छ । जिल्लाको रुवीभ्याली र खनियावास गाउँपालिका मतदान केन्द्रहरुबाट स्थलमार्ग हुंदै  मतपेटिका सदरमुकाम ल्याउन कठिनाई हुने भएपछि स्थानीय प्रशासनको पहलमा हेलिकप्टरबाट मतपेटिका जिल्ला सदरमुकाम ल्याईएको हो ।धादिङको उत्तरी भेगमा पर्ने अति विकटका मतदान केन्द्रहरुबाट ५१ वटा मतपेटिका हेलिकप्टर मार्फत जिल्ला सदरमुकाम ल्याईने ल्याउने व्यवस्था मिलाईएको हो
आईतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उत्तरी भेगका ५१ वटा मतपेटिका हेलिकप्टर मार्फत सदरमुकाम ल्याईएको  प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले बताउनु भयो ।

सदरमुकाम आसपास र राजमार्ग क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका सदरमुकाममा संकलन गर्ने कार्य भईरहेको छ ।

तस्बिर : पत्रकार राजेन्द्र बस्नेतको फेसबुकबाट

23844812_1480240335396012_3442173759615719005_n 23844898_1480239822062730_237502981263824110_n 24131195_1480239718729407_200087150667258275_n