बैरेनीमा ३ सय ६० लिटर अवैध घरेलु मदिरा नष्ट

2526 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

बैरेनी- बैरेनी प्रहरीले  ३ सय ६० लिटर  अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

गल्छी गाउँपालिका वडानम्बर ६ का वडाअध्यक्ष राजन श्रेष्ठ र स्थानीयको सहभागितामा आईतबार बैरेनी प्रहरी चौकी पछाडीको ढलमा  फालेर  घरेलु मदिरा नष्ट गरिएको हो।

 महेशदोभान नजिकैबाट १८ बाट जर्किनमा राखेर बिक्रीका  लैजांदै गरेको अवस्थामा गस्तिमा गएको प्रहरी टोलीले शनिवार उक्त मदिरा बरामद गरेको बैरेनी प्रहरी चौकीका प्रहरी सहायक  निरीक्षक मोहन थापाले जानकारी दिनुभयो ।

????????????????????????????????????

सार्वजनिक सवारीसाधन प्रयोग गरी घरेलु मदिरा ओसारपसार भइरहेको पाईएपछि  उक्त परिमाणको अवैध घरेलु मदिरा बरामद भएको थापाको भनाइ थियो ।तर प्रहरीले मदिरा नियन्त्रणमा लिँदै आए पनि मदिरा बाहकलाई हालसम्म समाउन सकेको छैन ।