गल्छी गाउँपालिकालाई केन्द्रिय पञ्जिकरण विभागको सम्मान

1067 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी-पञ्जिकरण सम्वन्धी कार्यहरु अनलाइन प्रणालीबाट सञ्चालनमा ल्याएर व्यवस्थित गरेको भन्दै धादिङको गल्छी गाउँपालिकालाई केन्द्रिय पञ्जिकरण विभागले सम्मान गरेको छ ।
26219360_10213109716209420_3203742542228702697_nनेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत रहेको केन्द्रिय पञ्जिकरण विभागले आफ्नो तेश्रो बार्षिकोत्सवको अवसर पारेर गल्छी गाउँपालिकाको कार्यालयलाई सम्मान गरेको हो । गल्छी गाउँपालिकाको स्थापना सँगै कार्यालयले सामाजिक सुरक्षा र व्याक्तिगत घटना दर्तालाई अनलाइन गरिसकेको छ । अहिले गाउँपालिकाको कार्यालयबाट व्याक्तिगत घटना दर्ता (जन्म, मृत्यु, वसाईसराई, सम्बन्धविच्छेद, विवाह दर्ता ) पञ्जिकरण सम्वन्धि दैनिक कार्यहरु अनलाइन प्रणालीबाट  हुने गरेको गल्छी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीले जानकारी दिनु भयो ।