माछापोखरीमा पैदलयात्रीलाई छुरा हान्ने तीन जना समातिए

1038 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagerधादिङ, माघ १७ – बालाजुको माच्छापोखरीमा माघ १३ गते राती पौने १० बजे पैदल यात्रीलाई अन्दाधुन्द छुरा प्रहार गरी भागेका तिन युवकलाई महानगरीय प्रहरी बृत्त बालाजुका इन्सपेक्टर जनार्दन घिमिरेको नेतृत्वको टोलीले पक्राउ गरेको छ ।

काठमाण्डौ महानगरपालिका १६ बालाजु माछापोखरी स्थित बुद्ध मलको अगाडी हिडिरहेको अवस्थामा अज्ञात समूहले एक्कासी अन्धाधुन्द धारिलो हतियार प्रहार गर्दा जिल्ला गोरखा भिमसेन गा.पा. ४ घर हुने बर्ष २२ को सुवास लामिछाने, जिल्ला धादिङ गंगा जमुना ७ घर हुने बर्ष २३ को मान बहादुर घले र धादिङ सिद्धलेक ४ घर हुने बर्ष २० को सुरज थापा सहित ३ जना घाईते भएका थिए सगरमाथा पोष्ट डट कममा खबर छ ।
घाईते मध्ये सुवास लामिछाने र मान बहादुर घले धादिङ–काठमाण्डौ चल्ने बसका चालक र सुरज थापा सहचालक हुन् । निज चालक तथा सहचालक खाना खाई सुत्नको लागि का.जि.का.म.न.पा. १६ माछापोखरी स्थित धादिङ बसपार्कमा पार्किङ गरी राखेको बस भित्र जाने क्रममा बुद्ध मल अगाडी आईपुग्दा निजहरु माथि एक्कासी अन्धाधुन्द रुपमा कुटपिट तथा चक्कु प्रहार भएको हो । घाईते मध्येका मान बहादुर घलेको पेट तथा आन्द्राको विभिन्न भागमा र सुरज थापाको घाँटी, छाती, कोखा, ढाड लगायत विभिन्न स्थानमा चोट लागेको छ भने अर्का घाईते सुवास थापाको ढाडमा चोट लागेको छ । घाईते मध्येका सुरज थापालाई थप उपचारको लागि वीर अस्पताल ट्रमा सेन्टर रिफर गरिएको बालाजु प्रहरीले जनाएको छ ।
पैदल यात्रीलाई छुरा गर्ने घटनामा संलग्न जिल्ला दाङ पुरन्धरा घर भई हाल का.जि. तारकेश्वर ११ मनमैजु हिलेडोल बस्ने बर्ष २२ को तिलक बहादुर घर्ती मगर, सोही स्थानमा बस्ने वर्ष १७ को अनिष खड्का र  जिल्ला दोलखा कालिञ्चोक १ घर भई हाल का.जि. स्वयम्भु बस्ने बर्ष १८ को मिलन सिवाकोटी रहेका छन् । पैदलयात्रीलाई छुरा प्रहार गरे पछि फरार रहेका ति युवकहरुलाई इन्सपेक्टर घिमिरे नेतृत्वको टोलीले तारकेश्वर ११ स्थित अभियुक्त मध्येका तिलक बहादुर घर्ति मगरको डेराकोठामा लुकिछिपि बसेको अवस्थामा हिजो दिउसो २ बजे घटनामा प्रयोग भएको धारिलो हतियार चक्कु सहित पक्राउ गरेको हो ।
माघ १३ गते राती भएका उक्त घटना पश्चात् तत्काल महानगरीय प्रहरी वृत्त बालाजुबाट प्र.ना.उ.विश्वराज खड्का समेतको टोली खटी गई स्थानीय समेतको सहयोगमा घाईतेहरुलाई पिपल्स मेडिकल कलेज नयाँबजार पठाईएकोमा उक्त घटना पश्चात् घटनाका फरार प्रतिवादीको खोजी तिब्र पारिएको बालाजु प्रहरीले बताएको छ ।
धादिङ न्यूज सिधै एन्ड्रोइड एपबाट खोल्न  यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकपेज फेसबुकग्रुप टुविटर  र  यू ट्यूव च्यानल मार्फत पनि जोडिन सक्नुहुन्छ ।समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।