धादिङ जिल्लामा १८ हजार ९ सय ४० घर निर्माण सम्पन्न

1640 पटक पढिएको

सम्पादक: Dhading News

28168663_1694782773875302_6653944143558865106_nधादिङ,१४ फागुन । धादिङ जिल्लामा अहिले सम्म १८ हजार ९ सय ४० घर निर्माण सम्पन्न भएको छ । २०७२ को भुकम्पबाट धादिङ जिल्लाका ७३ हजार ३ सय ४० घर परिवार कुल लाभग्राही  सूचीमा परेकोमा ६८ हजार ८ सय ४० परिवारले अनुदान सम्झौता गरिसकेका छन भने ३१ हजार ६ सय ६६ घर निर्माणको क्रममा रहेको प्राधिकरणले जनाएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामा सरकारी अनुदान लिएर १ लाख २ सय ३६ घर निर्माण भएको राष्ट्रिय पुनर्निर्माण  प्राधिकरणले जनाएको छ ।

Dhading-300x225प्राधिकरणको फागुन १४ सम्मको तथ्याङ्कअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लाका कुल ६ लाख ६७ हजार ६ सय ६२ मध्ये ६ लाख १० हजार ५ सय भूकम्पपीडितसाग अनुदान सम्झौता भइसकेको छ भने १ लाख २ सय ३६ घरको पुनर्निर्माण सम्पन्न भएको छ र ३ लाख ३२ हजार ३ सय २१ घर पुनर्निर्माण भइरहेको छ ।भूकम्प कमप्रभावित १८ जिल्लामा बनिसकेका र बन्दै गरेका घरको विवरण प्राधिकरणको केन्द्रिय सूचना प्रणालीमा समाविष्ट नभएकाले निर्माणाधीन र निर्माण सम्पन्न घरको संख्या अझै बढ्ने प्राधिकरणका प्रवक्ता यम लाल भूसालले बताए ।

पाँच बर्षको कार्यादेशसहित सरकारले २०७२ पुस १२ गते स्थापना गरेको प्राधिकरणले नीजि आवास पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । यही अनुपातमा नीजि आवास पुनर्निर्माणको काम अघि बढे आगामी बर्खाअघि करिब ६० प्रतिशत पुनर्निर्माण भइसक्ने प्राधिकरणको आंकलन छ ।ती जिल्लामा रहेका कुल १ लाख ४३ लाभग्राहीमध्ये अनुदान सम्झौता भएका ९० हजार ८ सय ५० को पछिल्लो तथ्याङ्क आउने क्रममा रहेको सूचना व्यवस्थापन तथा संचार शाखाका प्रमुख मनोहर घिमिरेले जानकारी दिए ।