बार्षिक १० लाख बालबालिका जन्मने बित्तिकै मर्छन

665 पटक पढिएको

प्रकाशित मिति: २०७४, २१ फाल्गुन सोमबार ०९:४७

सम्पादक: धादिङ न्यूज

 

 

New-Born-Childहरेक वर्ष दश लाख बालकहरु जन्मने बित्तिकै र करिब १६ लाख बालबालिका जन्मेको पहिलो महिना भित्रै मर्ने गरेको संयुक्त राष्ट्र संघको बालबालिका सम्बन्धि अध्ययनले देखाएको छ।

पाकिस्तान, मध्य अफ्रिका र अफगानिस्तानमा नवजात शिशु बाच्ने सम्भावना निकै कम भएको युनिसेफको प्रतिवेदनमा उल्लेख गरिएको छ।

८० प्रतिशत भन्दा धेरै नवजात शिशुहरुको ज्यान समय भन्दा अगाडि जन्मिदा र जन्मिदा हुने संक्रमणको कारणले जाने प्रतिवेदनमा उल्लेख गरिएको छ। स्वास्थ्य, सरसफाइ, सुद्ध खानेपानी, पोषणलगायतका सुविधा प्रयाप्त मात्रामा उपलब्ध गराउने सक्ने हो भने धेरै बालबालिकाको मृत्युलाई घटाउन सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ।

जापानमा १ हजार १ सय ११ नवजात शिशुमा १ जनाको मृत्यु हुँदा पाकिस्तानमा २२ जनामा १ जनाको मृत्यु हुने गरेको छ। आइसल्याण्डमा एक हजारमा १ जनाले ज्यान गुमाउँदा मध्य अफ्रिकाका २४ जनामा एक जनाले ज्यान गुमाइरहेको प्रतिवेदनमा उल्लेख  गरिएको छ।

यसै गरी सिंगापुरमा १ हजार ९ सय ९ मा एक बालकको मृत्यु हुदाँ अफगानिस्तानमा २५ मा एक नवजात शिशुको मृत्यु हुने गरेको छ।

युनिसेफका अनुसार द्वन्दका कारणले गर्भवती महिलाले प्रयाप्त स्वास्थ्य सेवा नपाउँदा नवजात शिशुले अकालमै  ज्यान गुमाइरहेका छन्।

निशुल्क सरकारी अस्पतालमा बिमारीको भिड लागे पनि डाक्टर र औषधि निकै कम हुँदा बिरामीले उपचार पाउन सकेको छैन, युनिसेफले प्रतिवेदनमा लेखेको छ।

(एजेन्सीको सहयोगमा)



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७४, २१ फाल्गुन सोमबार ०९:४७ मा प्रकाशित