जरेखेतमा बस भिर भिरै दौडिएपछि (फोटो फिचर )

1999 पटक पढिएको

२५ फाल्गुन २०७४, शुक्रबार १७:०१ सम्पादक: धादिङ न्यूज

धादिङ,२५ फागुन – धादिङको गजुरी गाउँपालिकामा पर्ने पृथ्वीराजमार्गको जरेखेतमा बस दुर्घटना हुँदा ९ जना घाईते भएका छन् ।

धादिङबेसीदेखि काठमाडौँ जाँदै गरेको बा ३ ख २८६८ नम्बरको ग्रामीण यातयातको बस बिहिबार बिहानअनियन्त्रित भई सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सन्जय तिमिल्सीनाले जानकारी दिए ।काठमाण्डौंबाट धादिङबेसी जांदै गरेको बस अत्याधिक गतिमा दौडिएका कारण अनियन्त्रित भई पल्टिएको वसमा सवार सरस्वती अधिकारीले वताईन । अर्को वसलाई उछिन्न तिव्र गतिमा बस चलाएका कारण दुर्घटना हुन पुगेको यात्रुहरुले वताएका छन । सडकबाट गुड्दै भिर तिर खसेको बस केही तल खनायो बोटमा गएर ठोक्किएका कारण पल्टिनबाट जोगिएको थियो ।

घाईतेहरुको गजुरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

(दुर्घटना स्थलको झलकहरु)