धुनिवेशीमा सडक सिमा अतिक्रमण हटाईदैँ

1060 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धुनिबेशी ,- राजधानी प्रवेश गर्ने मुख्य दुई राजमार्गले छोएको धादिङको धुनिबेशी नगरपालिकाले आफ्नो नगरक्षेत्र भित्रको राजमार्गको शोभानै विग्रार्ने गरी सडक केन्द्रबाट दायाँ–बाँया १५ मिटर भित्र अतिक्रमण गरेर वनाईएका संरचना खाली गर्न थालेको छ ।
डिभिजन सडक कार्यालय भरतपुर चितवन धुनिबेशी नगरपालिकाको सहकार्यमा भएको सडक सिमा १५ मिटर खाली गर्ने अभियान मँगलबार धुनिबेशी नगरपालिका ८ स्थित रेसमखेती मोडबाट सुरु भएको हो । नगरक्षेत्र भित्र पर्ने त्रिभुवन राजपथको खानीखोला देखी नौबिस सम्म र पृथ्वीराजमार्गको नौविसे देखि धार्के सम्मको सडक क्षेत्रमा सडक सिमा भित्र रहेका सँरचना वा निर्माण सामाग्री हटाईने नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले वताए ।
सडक केन्द्र भित्र रहेका सँरचना, घर, टहरा वा कुनै पुर्वाधार निर्माण र निर्माण सामाग्री हटाएर राष्ट्रिय राजमार्गलाई फराकीलो बनाईने नगरपालिकाका प्रमुख आचार्यले जानकारी दिए ।
गत फागुन ३ गतेको नगर कार्यपालीकाको बैठकले फागुन मसान्त सम्म धुनिबेशी नगर क्षेत्रको सडक केन्द्रबाट १५ मिटर दायाँ बाँया सडकको क्षेत्रफल खाली गर्न सम्बन्धित सबैलाई सार्वजनिक अनुरोध गरेको थियो । सडक केन्द्रबाट १५ मिटर दायाँ–बाँया सडक खाली गर्न अनुरोध भएपनि अधिकाँसले नगरपालिकाको आग्रहलाई वेवास्ता गरेपछि जेसीभी लगाएर खाली गर्ने काम शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
डिभिजन सडक कार्यालय भरतपुर चितवनका ईन्जिनियर मधुसुदन सका अनुसार सार्वजनिक सडक ऐन २०३१ को दफा १९सार्वजनिक सडक वा सडक सीमामा कुनै किसिमको काम गर्न नहुने उल्लेख भएको र सोहि अनुसार नै राजमार्ग क्षेत्रमा १५ मिटर खाली गर्ने अभियान संचालन गरिएको ईन्जिनियर साँखीले बताए ।
डिभिजन सडक कार्यालयले यस अघि गल्छि गाउँपालिका र गजुरीमा सडक केन्द्रबाट दाँया बाँया १५ मिटर खाली गरिसकेको र धुनिबेशी नगरपालिकामा सडक सफा गरिसकेपछि बेनिघाटरोराङ गाउँपालिकामा यो अभियान संचालन गरिने ईन्जिनियर साँखीले जानकारी दिए ।