गजुरी गाँउपालिका खुला दिशा मुक्त घोषणा
1394 पटक पढिएको

गजुरी, १८ चैतः धादिङको गजुरी गाउँपालिकालाई शुक्रवार देखि खुल्ला दिशामुक्त गाउँपालिका घोषणा गरिएको छ ।
शुक्रवार गजुरीमा एक कार्यक्रमको आयोजना गरी गजुरी गाउँपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो ।
गाँउपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला समन्य समितिका उप प्रमुख विन्दा बरामुको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । गजुरी गाउँपालिकामा साविकको गजुरी,किराञ्चोक र पिडा गाविस समेटिएको छ ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७४, १७ चैत्र शनिबार १९:११ मा प्रकाशित