logo

धादिङको धार्केमा अज्ञात समहुद्धारा दुईवटा कन्टेनरमा आगजनी

2932 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,३० बैशाख । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रक मारातीको समय पारेर आगजनी गरिएको छ । सडक नजिकै रोकिराखेको आर जे ४२ ग ५०२१ र आर जे ४२ ग ०७५६ नम्बरको २२ चक्के भारतिय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रकमा आज विहान अज्ञात समुहले अगजनी गरेको हो ।

बिहान करिब ३ बजेदेखी आगो लागेपछि चार वटा डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरी माटो हालेर आगो दायाँ बाँया आगो नियन्त्रणको प्रयास गरिएको स्थानीयले वताए । आगलागि भएको २ घण्टा पछि ५ बजे काठमाण्डौँ महानगरको दमकल घटनास्थल आईपुगेको थियो । दमकल आएपछि आगो नियन्त्रणमा लिईएको छ । आगलागि बाट मानविय क्षति भएको छैन । घटना स्थल नजिकै वाक्लो बस्ती , पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागि भएपछि भएका कारण सर्वसाधरण आतंकित भएका थिए ।

आगलागी पछि विद्युतको तार जल्दा विद्युत सेवा अवरुद्द भएको छ । आगो कसरी लाग्यो भन्ने बारेमा पुष्टि हुन सकेको छैन । घटना पछि अहिले उक्त सडक क्षेत्रमा सवारी साधनको चाप रहेको छ । प्रहरीले घटनाबारे छानविन गरिरहेको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख जिवन निरौलाले बताए । घटनामा विप्लव समूहको संलग्नता हुन सक्ने आशंका गरिएपनि यस्को पुष्टि भने हुन नसकेको उनले  बताएका छन । अहिले पृथ्वीराजमार्ग र त्रिभुवन राजपथमा सवारी साधन सञ्चालन भईरहेका छन ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic