असिना पानीले धुंवाकोटको अधिकांश गाउँबस्तीमा मकैबालीमा क्षती
954 पटक पढिएको

धादिङ- धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी र आसपासका क्षेत्रमा सोमबार दिउँसो परेको असिनापानीले असिना पानी परेको छ।
सोमबार दिउँसो १ वजे तिर हावाहुरीसँगै परेको असिनाले किसानको अन्नबालीमा असर पुर्याएको छ। सोमबार दिउँसो १ वजे तिर परेको असिनापानीले जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ को अधिकांश गाउँबस्तीमा किसानहरूले लगाएको मकैवालीका साथै आँप, लिचि लगायतका फलफुलमा क्षति पुर्याएको धुंवाँकोटबाट वोधप्रसाद नेपालले जानकारी दिनु भयो ।
धुंवाकोटको साथै जिल्ला सदरमुकाम र आसपासका अधिकांश स्थानमा पनि असिना र पानीका कारण फर्सी, काक्रो, घिरौलालगायत नगदेबालीमा क्षति पु¥याएको किसानले बताएका छन् ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७५, १४ जेष्ठ सोमबार १९:३६ मा प्रकाशित