धादिङ नेकपाका नेता गुरूप्रसाद बुर्लाकाेटीलाई पित्तृशोक
710 पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी धादिङका नेता एवम संविधान सभाका सभासद गुरुप्रसाद वुर्लाकोटीलाई पित्तृशोक परेको छ ।
बुर्लाकोटीका पिता प्रेमनाथ बुर्लाकोटीकोल ८७ बर्षको उमेरमा निधन भएको छ । बुर्लाकोटी परिवारले दिएको जानकारी अनुसार २०७५ जेठ १५ गते राती ११.४० वजे काठमाण्डौंको विर अस्पतालमा उपचारका क्रममा प्रेमनाथको निधन भएको हो । स्वास्थ्यमा केही समस्या देखिएपछि केहि दिन यता विर अस्पतालमा राखेर प्रेमनाथको उपचार हुँदै आईरहेको थियो । स्व.प्रेमनाथ बुर्लाकाेटीकाे अन्तिम सस्कार मिति २०७५ जेष्ठ १६ गते विहान ६ वजे पशुपति अार्यघाटमा हुनेछ । स्वर्गिय वुर्लाकोटीका ३ छोरा र २ छोरी छन् ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
१६ जेष्ठ २०७५, बुधबार ०५:३४ मा प्रकाशित