किराञ्चोक कृषि सहकारीको भवन शिलान्यास

1151 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

किराञ्चोक– किराञ्चोक कृषि सहकारी संस्था लिमिटेडको भवन शिलान्यास गरिएको छ । गजुरी गाँउपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले वुधवार भवनको शिलान्यास गरेका हुन । कृषि सहकारीले आर्थिक सम्वृद्धि योगदान पु¥याउने भएकाले भवन निमार्णमा सहयोग गरिएको हो । गाँउपालिकाले सहकारी ऐन बनाई सकेकाले सहकारी संघसंस्थालाई गाँउपालिकाले नियमन गर्ने र आवश्यकता अनुसार सहयोग गर्ने बताउदैं शेयर सदस्यहरुलाई सहकारीले राम्रो सेवा दिन सक्नु पर्ने बताए । अझ वैक तथा वित्तिय संस्था नभएको स्थानमा सहकारीले नै वैंक काम गर्नु पर्ने बताए ।
२०६५ सालमा स्थापना भएको सहकारी संस्थामा ४८७ जना शेयरधनी रहेकाछन् । चालु आवमा गजुरी गाँउपालिकाबाट पाँच लाख, शान्ती नेपालको तीन लाख र श्रमदान ६० हजारको काम हुने संस्थाका अध्यक्ष राजेन्द्र कुमार बस्नेतले बताए । भवन शिलान्यास कार्यक्रममा गजुरी गाँउपालिका वडा नं. ७ का वडा अध्यक्ष केशव अधिकारी, वडा नं. ८ का वडा अध्यक्ष राजकुमार ढुंगाना , प्रमुख प्रशासकीय अधिकृति गोपाल वगाले, प्रशासकीय अधिकृत देवीलाल सापकोटा , शान्ती नेपाल धादिङका कार्यक्रम संयोजक विष्णु भट्ट, सञ्चालक समिति सदस्यहरु, निमार्ण समितिका पदाधिकारीहरु र शेयर सदस्यहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।भवन बनाउन स्थानीय अर्जुनकुमार अधिकारी,रामवहादुर अधिकारी र विन्दा अधिकारीले २ २ आनाका दरले ६ आना जग्गा संस्थालाई उपलव्ध गराएका हुन ।
भवन साढे दुई तल्लाको हुने र २ वटा हल, २ कोठामा अफिस, २ कोठा गोदाम, २ अतिथी गृह रहने छ । यस संस्थाले स्थापनाकाल देखि नै कृषिजन्य वीउविजन र मल विक्री गर्दै आएको छ । भवन निमार्ण सम्पन्न हुन करिव ५८ लाख लाग्ने अनुमान गरिएको भवन निमार्ण समितिका अध्यक्ष राम बहादुर अधिकारीले बताए ।