राहत शिक्षकहरुको अधिबेशन , असार १ र २ गते धादिङबेसीमा

2559 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल राहत शिक्षक समिति धादिङको पहिलो अधिबेशन हुने भएको छ । देशभर छरिएर रहेका राहत शिक्षकहरुको हक हित र एकताका निम्ति काम गर्ने लक्ष्यका साथ स्थापना भएको नेपाल राहत शिक्षक समितिको धादिङ जिल्ला समितिले आगामी असार १ र २ गते धादिङबेसीमा प्रथम जिल्ला अधिबेशन गर्न लागेको जनाएको छ । धादिङ जिल्लाभर विभिन्न तहमा गरी ८ सय ५३ जना राहत शिक्षक कार्यरत रहेको पनि नेपाल राहत शिक्षक समिति धादिङका अध्यक्ष रामराजा रिजालले वताउनु भयो ।
जिल्लाको गल्छी, धुनिवेशी,गजुरी, त्रिपुरासुन्दरी लगायतका स्थानीय तह स्तरीय अधिबेशन सम्पन्न भई समितिको गठन भईसकेको र बाँकी रहेका स्थानीय तहमा पनि जिल्ला अधिबेशन अगावै अधिबेशन सम्पन्न भई समिति गठन र जिल्ला अधिबेशनका लागि प्रतिनिधि चयन गरिनेको समितिले जनाएको छ ।
नेपाल राहत शिक्षक समितिको केन्द्रिय अधिबेशन असार २९ र ३० गते पोखरामा हुने भएको छ ।