वागेश्वरी मावि बैरेनीका बिद्यार्थी कक्षा कोठामै बेहोस,बिद्यालयमा तनाव

4614 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीमा रहेको वागेश्वरी माध्यमिक बिद्यालयमा विहिबार अचानक धेरै जना बिद्यार्थी एकै पटक विरामी परेपछि बिद्यालयमा हाहाकार मच्चियो । शिक्षक र अरु बिद्यार्थी अत्तालिन पुगे,बिद्यालयको घटना विस्तारै वरिपरी हल्लाखल्ला हुन थाल्यो, अभिभावकहरु पनि आत्तिदै बिद्यालय परिसर पुगे । स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी पनि बिद्यालय पुगे । बिद्यालयमा भिड बढ्यो । विरामी परेका बिद्यार्थीलाई प्राथमिक उपचारको प्रयास गरियो,उपचारका क्रममा खासै प्रगति नदेखिएपछि सबै विरामी बिद्यार्थीलाई काठमाण्डौं पठाईयो । धादिङको गल्छी गाउँपालिका ६ स्थीत बैरेनी हेल्थ पोस्टको चरम लापरवाहीले गर्दा २२ जना बिद्यार्थी सिकिस्त बिरामी परेको आरोप अभिभावक, शिक्षकहरुले लगाएका छन ।

वागेश्वरी  माध्यमिक बिद्यालयमा बिहीबार बिहान करिब साढे दश बजे पहिलो बिषयको पठाई भैरहदा बैरेनी हेल्थ पोष्टलेले म्याद गुज्रिएका औषधि  हेल्थपोष्टको परिसरमा जलाईदिंदा त्यहाँ बाट निस्केको गन्धसहितको धुँवा  बिद्यालयको कक्षा कोठामा कक्षा कोठा भित्रै छिरेपछि बिद्यार्थीहरुलाइ श्वास प्रश्वासमा गाह्रो भएको भएको बिद्यालयले जनाएको छ ।

केही बिद्यार्थीलाइ स्थानीय स्तरमै उपचार गरेपनि सिकिस्त १३ जनालाइ थप उपचारको लागि काठमाडौंको लगिएको थियो ।
अरुबेला रातको समयमा यसरी हेल्थपोस्टमा म्याद नाघेका औषधि जलाइन्थ्यो तर बिहीबार स्कुलमा बिद्यार्थी पढ़रहेको समयमा हेल्थ पोष्टको औषधिजन्य फोहोर जलाइएको थियो ।

औषधिको गन्धका कारण बिद्यार्थीहरु बिरामी भएको अनुमान गरिएपनि एकैपटक धेरै जना छात्राहरु विरामी हुनुमा मास हिस्टेरियाको समस्या भएको हुन सक्ने चिकित्सकहरुको भनाई छ ।

केही समय अघि धादिङको कुम्पुर, पीपलटारमा रहेको महाकाली माविका विद्यार्थीहरु बेहोस भएर ढल्न थालेपछि केही दिन विद्यालय बन्द गरिएको थियो ।  कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरु बढी बेहोस हुने गरेका थिए ।  बेहोस भएपछि कराउने, छटपटाउने, चिच्याउने लगायतका क्रियाकलापहरु गर्ने गरेको विद्यालयका शिक्षक जनक आचार्यले जानकारी दिए ।

विद्यार्थी बेहोस भएपछि उनीहरुका अभिभावकले स्वास्थ्य संस्थामा जाँच गराउन लगेका थिए तर जाँच गराउँदा शरीरमा कुनै रोग नभएको चिकित्सकहरुले जानकारी दिएका थिए । सुरुका १/२ दिनमा २/३ जना विद्यार्थी बेहोस भएर ढलेका थिए । पछिल्ला दिनमा  १५/२० जना बेहोस हुने गरेको र यसरी बेहोस हुने मध्ये छात्राहरु बढी रहेका थिए, कक्षामा शिक्षकले पढाइरहेको बेलामा बेहोस भएर ढल्ने गरेका थिए।

विद्यालयमा यस्तो समस्या देखिन थालेपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसी एक साताको लागि विद्यालय बन्द गरिएको थियो । । यस विद्यालयमा अघिल्ला वर्षहरुमा पनि विद्यार्थीहरु एक्कासी बेहोस भएर ढल्ने समस्या देखिएको थियो ।

केही बर्ष अघि खाल्टेको महेन्द्रोदय कालिका माध्यमिक बिद्यालयमा पनि यस्तै समस्या देखिएको थियो । हरेक दिन जस्तो बिद्यार्थी बेहोस हुनेक्रम नरोकिएपछि यहाँका अभिभावकहरुले देवि देउता रिसाएका कारण यस्तो समस्या भएको हुन सक्ने भन्दै यसको लागि विद्यालयले सप्तचण्डी यज्ञ गरी विद्यालय संगै रहेको कालिका मन्दिरमा फुलको डोली लैजानुपर्ने निर्णय गरेरेका थिए ।  अभिभावकहरुले विद्यालयले यज्ञका साथै कालिका मन्दिरमा फुलको डोली समेत लगेका थिए ।

पछिल्लो समय सिद्धलेक गाउँपालिका वडा नं ४ स्थित आरुवासमा रहेको कालीदेवी माविका विद्यार्थीहरुमा पनि  अनौठो रोग देखिएको थियो ।  विद्यालयमा अनौठो प्रकारको लक्षण देखा परेपछि आईसीडिसी धादिङले विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई मनोपरामर्श पनि दिएका थिए । मनोपरामर्शदाता राजन ढुवाडी भन्छन् – “मास हिस्टेरियाको रुपमा देखिएकाले यस्ता समस्याको समाधान औषधी उपचार नभई शान्त वातावरण तथा सरसफाईमा ध्यान दिनु हो ।” पारिवारिक समस्या, उमेर अनुसार शारीरिक वृद्धिविकास बढेका कारण पनि यस्तो लक्षण देखा पर्ने गरेको दुवाडीले बताए ।

मास हिस्टेरिया के हो ?

यो एक अनौठो रोग हो जस्मा एकैचोटी धेरै मानिसहरु एकै प्रकारको लक्षण देखाई विरामी पर्दछन । खासगरी काम्ने ढल्ने वेहोस हुने, श्वाासफेर्न गाहे  हुने र आत्तिने आदी लक्षणहरु देखिने गर्छ ।  आत्तिने, डराउने ,श्वास बढने, कराउने अनि ढल्ने र बेहोस हुने एक पछि अर्को छात्रामा सर्दै गए जस्तो देखिने ठुलो भिडमा रोग आफै वढ्ने विरामीलाई सम्हाल्न नै गाहे भयो यो नयाँ रोग मास हिस्टेरिया थियो । धेरै मानिसहरु एकै चोटी देखिने मनोवैज्ञानिक समस्या जसमा शारिरिक लक्षण देखिन्छ यसलाई मास हिस्टेरिया भनिन्छ वा यसलाई मास कन्र्भसन डिसअर्डर भनिन्छ ।
मास हिस्टेरियाको कारण के हो ?
यसमा मानिसमा एक प्रकारको डर पैदा हुन्छ जस्ले गर्दा जव कुनै मानिसमा कुनै लक्षण देखियो अर्को मानिसमा पनि त्यस्तै देख्न थाल्छ । “मानिस ढल्ने र वेहोस हुने गर्दछ” भन्ने त्रास जब फैलन्छ अनि एउटा मानिस जव ढल्छ फेरि अकैमा पनि ढल्छ, बेहोस हुन्छ र  आत्तिन्छ डराउछ । कतिपय मानिसमा मनमा पिडादायि कुरा बसेको हुन्छ । यस्तै बेला चिच्चाएर यस्ता तनावका कुरा बाहिर निस्कन्छन  र अनौठो ब्यावहार देखाउने गर्छन । कति मानिस काम्ने र बोल्ने पनि गर्छन ।
मनमा रहेको आन्तिरीक पिडा विभिन्न लक्षणका रुपमा देखिने रोगलाई कन्भर्सन डिसअर्डर भनिन्छ । हाम्रो समाजमा महिलाहरु खुल्ला रुपमा आफ्नो समस्या बताउन नसक्नु र पिडा सहेर बस्नुमा यो रोगको कारण हुन जान्छ । त्यसो त पुरुषमा पनि यस्तो सम्स्या नाभएको होइन । हाम्रो बर्षाै देखिका तिता मिठा अनुभव हरु मस्तिस्कमा जम्मा भई बसेको हुन्छन् । कतिपय यस्ता समस्या मनमा खुल्ला रुपमा भने देखिदैनन् तर सपनामा वा अदृस्य रुपमा बोलीमा यि कुरा निस्कन्छन् । बास्तवमा यि बेहोसी मस्तिस्कमा रहेका पिडादाई कुराहरु बिरामीलाई बाहिरी रुपमा थाहा नहुन पनि सक्छ । त्यसैले अचानक यि पिडादायीक कुरा एकाएक शाररीक लक्षणका रुपमा देखिन थाल्छन् । जस्तै अचानक बाली रोकीने, अचानक हातखुट्टा नचल्ने, काम्ने र वाक्ने आदि । यो रोग आफैमा अनौठो मानिन्छ । किनभने बिरामीले केहि समयको लागि अनौठो लक्षण देखाउँछ । १,२ घण्टामा बिरामी जस्ताको जस्तै हुन्छ । जस्तै श्रीमान्  श्रीमतीको बिचमा अचानक झगडा भयो अर्काे दिनमा श्रीमतीको खुट्टा नचल्ने भई अस्पताल आउँछिन् । नशाको परिक्षण गर्दा सवै ठिक नै हुन्छ तर बिरामीले खुट्टा चलाउन सक्दैन । अर्काे अनौठो कुरा के छ भने बिरामी खुट्टा चलाउन नसक्ने हुँदा पनि कुनै चिन्तीत देखिदैन । बेहोसी मस्तिष्कमा रहेको पिडाले उक्त खुट्टा नचल्ने भएको हुनाले यस्तो भएको हुन्छ ।
कतिपय बिरामीलाई बोक्सी लाग्यो भन्ने चलन पनि छ जुन साचाँे होइन, अन्धाविश्वास मात्र  हो । कुखुरा, परेवा, बोका बलि दिने पुरानो रुढीबादी परम्परा गलत सावीत भएको छ ।
  बिरामीहरु  कस्ता कस्ता लक्षण लिई अस्पताल आउँछन् ?
– कोहि बिरामी “म अब फेन्ट हुन लागेँ” भनेर अरुलाई बोलाउछन.्  र बेहोस हुन्छ । ऊ बोल्न नसक्ने हुन्छ, तर अन्य जाँच गर्दा सवै ठिक हुन्छ । बिरामी घोर रोगको बिरामीको जस्तै देखिन्छ । बिरामी काम्ने र अर्काे मानिस भएर बोल्छ । जस्तैः “हेर हेर म तँलाई खान्छु र मार्छु” आदि । फेरि केहि समय पछि बिरामी जस्ताको तस्ते हुन्छ ।
– कोहि बिरामी आँखा नदेख्ने बताउँछन् ।
–  कोहि बिरामी हात वा खुट्टा नचलेको बताउछन् , बिरामी हिड्न सक्दैन ।
– कोहि बिरामी शरिरको संबेदन थाहाँ पाउदैनन् । जस्तैः हातमा छोएको थाहा हुदैन ।
– कोहि बिरामी बोल्न सक्दैनन् । इशारा माग गर्छन् ।
– कोहि बिरामी दमको रोगी जस्तै छिटो छिटो श्वास फेर्छन् ।
– कोहि बिरामी केहि समयको घटानाको बारेमा केहि थाहा नभएको बताउँछन् ।
– कोहि बिरामी अचानक अर्कै ठाउँमा पुग्छन् , त्यहाँ कसरी  आँए भन्ने कुनै जानाकारी हुदैन ।
– कोहि बिरामी भने उल्टो कुरा गर्ने, गर्छन । सोधिएको प्रशनलाई बङ्ग्याई उत्तर दिने, सजिलो प्रश्नको उत्तर नदिने तर गाह्रो प्रश्नको उत्तर दिने गर्छन् , झुटो बोलेको जस्तो गर्छन् ।
त्यसो त बिरामाीले जानी जानी यस्तो गरेको होइन, विरामीलाई किन यस्तो गरेको छु भन्ने थाहाँ नैे हुदैन । बिरामीले नियन्त्रण गर्दा पनि यस्तो लक्षण रोक्न सक्दैन । बोक्सी लागेको हो भन्दै बिरामीलाई कुट्ने, आगोले पोल्ने गरिने पुरानो अन्धाविश्वासले गर्दा कति मानिसको अकालमा नै ज्यान गएको पाइएको छ । मनमा रहेको तनाब विचलन हुन गएकोले जसलाई डिसोसियटिभ डिसअर्डर पनि भनिन्छ । बेहोसी मस्तिष्क वा भित्री मनमा रहेको अन्र्तर द्वन्द घटाउन गरिएको उपाएको रुपमा यो रोगको लक्षणलाई लिइन्छ । जसको अझै अध्ययन गर्न बाँकी नै छ । यस्तो बिरामीको बारेमा पुरानो गलत धाराणा पनि छ । पहिलो यो रोगलाई हिस्टेरिया भनिन्थ्यो । यो रोग यौन समस्याको कारणले हुन्छ पनि भनिन्थ्यो । महिलामा मात्र हुने यो रोग बिवाह गरे पछि ठिक हुन्छ भन्ने धाराणा थियो तर यो रोगको धेरै अनुसन्धान पछि यो रोग बिभिन्न कारणले हुन्छ भन्ने प्रमाणीत भएको छ । मनको आन्तरीक अन्तरद्वन्द यो रोगको कारण भनिन्छ । महिलामा मात्र होइन पुरुषमा पनि यो रोग पाँइन्छ । बेहोसी मस्तिष्कमा हुने कुैनेैे पनि तनाबले गर्दा यो रोग लाग्छ भन्ने कुरा प्रमाणित भएको छ ।
तनाब शाररीक लक्षणमा परिणत हुने भएकोले यसलाई कन्भर्सन डिसअर्डर भनेको हो । यो रोग मनमा धेरै कुरा राख्ने र मनको कुरा अरुलाई नभन्ने मानिसमा बढी पाइन्छ । प्रेसर कुकरमा तापले हावा भरिए भने झै मनमा तनाब भरिरहँदा, प्रेसर कुकरको अचानक बजे झै अचानक बिरामाी बिभिन्न लक्षण देखाउँछ । यो रोग तत्कालीन तनाब बाहेक धेरै बर्ष अघिको तनाबले पनि ल्याउन सक्छ ।  नेपालमा यो रोगको बिरामी धेरै छन् । सामाजीक रितीरिवाज, धार्मीक बिश्वास र संस्कृति अनुसार यो रोगको लक्षण फरक पर्न सक्छ । नेपालमा डिप्रेसन रोगका बिरामी पनि यो लक्षण लिई आउँछन् तर डिप्रेसन रोगका बिरामी यि लक्षण बाहेक अन्य लक्षण पनि पाइन्छन् ।
यस्ता रोगका बिरामीको उपचार पनि चुनौतीपूर्ण नै हुने हुन्छ । बिरामीको लक्षणलाई ध्यान दिई रहँदा अझै बढ्न जान्छ । श्वाँस बढेको बिरामी अघि गई आतिएको खण्डमा अझै बढि रुपमा रोग देखिन्छ । बिरामी अन्य कुरा गरि दिमाग अन्य कुरामा मोड्नु पर्छ । बिरामीलाई मनका कुरा खुल्ला रुपमा भन्न प्रोत्साहान गर्नु पर्छ । बिरामीले रोगको सिकायत गर्छ,  जसलाई ध्यान दिनु हुदैन र निरुत्साहित गर्नु पर्छ । बिरामी संग सके सम्म थोरै मानिस बस्नु पर्छ । बिरामीलाई तत्काल अस्पताल लगि उपाचार गराउँनु पर्छ । तर बिरामीलाई अन्य बिरामी अगाडी लामो समय सम्म राख्नु हुदैन । छुट्टै कोठामा राख्नु राम्रो हुन्छ । यसरी बिरामीको लक्षणलाई बेवास्ता गर्दा रोग निको हुन सहयोग गर्छ । मनमा अन्तरद्वन्द कम गर्ने औषधीको प्रयोगवाट रोग निको हुन्छ ।
विरामीलाई किन हिस्टोरिया भनेको मन पर्दैन ? 
हाम्रो समाजमा हिस्टेरिया शब्दको गलत अर्थ लाग्छ हिस्टेरिया यौन इच्छा नपुक्दा हुन्छ भन्ने गलत धारण छ । कसैलाई हिस्टेरिया भयो भन्दा गालि पनि पाउन सकिन्छ । यो हिस्टेरिया यौनको कारणले मात्र भएको हुदैन, मानिसको जिवनमा हुने कुनै पनि तनाव दिने घटना वा पिडादायि घटनाले गर्दाले हुन्छ । यस्ता पिडादायी घटना हाम्रो बेहोसी मस् मा बसेको हुन्छन् । यो पिडादायी कुरा शारिरीक लक्षणको रुपमा वाहिर निस्कन्छन । त्यसैले अहिले यसलाई कन्र्भसन डिसअर्डर भनिन्छ र हिस्टेरिया भन्न छाडियको छ । तनाव शारिरीक लक्षणम परिणतछ हुने हुनाले कन्र्भसन डिसअर्डर भनिन थालिएको हो ।
कन्भर्सन डिस्अर्डर वारे जान्नै पर्ने कुराहरु
– कती विरामी हरुमा यो समस्या वारम्वार दोहोरीन सक्छ । तर आत्तिन हुदैन , २, ३ हप्तामा यो समस्या विस्तार विस्तार निको हुन्छ ।
– विरामीको लक्षणलाई वास्ता गर्नु हुदैन, वास्था गरे यो रोग झन बढ्न सक्छ ।
– मनभित्र पिडादायी बस्तु वस्दा यस्तो हुन्छ । जुन विरामीलाई थाहा नै हुदैन ।
– कतिपय विरामीलाई बोक्सीको आरोपमा कुटिन्छ, जुन सत प्रतीशत गलत हो ।
डा सेडाई नशा तथा मनोरोग विशेषज्ञ हुन् र उनी चितवन मेडिकल कलेजमा कार्यरत छन् ।