logo

विश्व फुटबलको कुम्भमेला रसियाको लुजानकी स्टेडियम मस्कोमा आजबाट सुरु हुदै

1068 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मस्को-२१औं संस्करणको विश्वकप फुटबल प्रतियोगिता रसियामा आजबाट सुरु हुदै छ । प्रतियोगिताको पहिलो दिन आयोजक राष्ट्र रुसले एसियन राष्ट्र साउदी अरेबियाको सामना गर्नेछ । खेल नेपाली समयानुसार राति ८ः४५ बजेपछि लुजानकी स्टेडियम मस्कोमा सुरु हुनेछ ।
खेल सुरु हुनुभन्दा अघि यही मैदानमा विश्वकपको उद्घाटन सत्र चल्नेछ । आधा घण्टा चल्ने उद्घाटन समारोह नेपाली समयअनुसार बिहीबार राति ८ः१५ बजेपछि सुरु हुनेछ । उद्घाटन सत्रमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, चर्चित मोडल तथा सेलिब्रेटीहरूका साथै विश्व फुटबलका हस्तीहरू डिएगो म्यारोडाना, जिको जस्ता खेलाडीहरू उपस्थित हुनेछन् ।

उद्घाटन समारोहमा तीन जना सेलिब्रेटीले आफ्नो प्रस्तुति दिने भएका छन् । जहाँ ब्रिटेनका गायक रोबी विलियम्सले आफ्नो प्रस्तुति दिनेछन् । उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले साथ दिनेछन् । यस्तै, ५ सय बढी डान्सर र जिमन्यास्टहरूले पनि आफ्नो प्रस्तुति दिनेछन् ।
उद्घाटन समारोहमा ३२ वटै टिमका खेलाडी उपस्थित हुने बताइएको छ । जहाँ ब्राजिलबाट दुईपटक विश्वकपको ट्रफी उचालेका रोनाल्डो पनि दुई सेलिब्रिटीसँग देखिनेछन् । उद्घाटन समारोहमा लुजानकी रंगशालामा ८० हजार दर्शक उपस्थित हुने आयोजको दाबी छ । रंगाशालाको दर्शक क्षमता ८१ हजारको रहेको छ । लुजानकी स्टेडियम मस्कोमा नै फाइनल खेल हुनेछ ।

विश्वभरबाट करोडौं दर्शकले टेलिभिजन लाइभमार्फत उद्घाटन सत्रको मजा लिने फिफाले जनाएको छ । यसअघिको भन्दा यसपटकको उद्घाटन समारोह फरक हुने फिफाको दाबी छ । उद्घाटन समारोह पुरै संगीतमय हुने फिफाले जनाएको छ । यसअघिका विश्वकप पनि संगीतमय नै भएको थियो । फिफाले केही दिनअघि मात्रै रसिया विश्वकपका लागि तयार पारिएको आधिकारिक गीत सार्वजनिक गरेको थियो । सोही गीत पनि उद्घाटन समारोहमा प्रस्तुत गरिनेछ ।

रसियाको च्यानल वानले उद्घाटन समारोहको व्यवस्थापन तथा उत्पादन गर्नेछ । जसका निर्देशक फेलिक्स मिखाइलो हुन् । उनले नै २०१८ को ‘फिफा विश्वकप जर्नी’ का कार्यक्रम निर्देशन गरेका हुन् । जुन २०१५ को प्रारम्भिक ‘ड्र’ बाट सुरु भएको यात्रा १५ जुलाईमा यही लुजानकी स्टेडियममा हुनेछ ।
विश्वकपका विभिन्न ६४ खेल रसियाका ११ सहरका १२ रंगशालामा हुनेछ । लुजानकी रंगशाला रसियाको सबैभन्दा ठूलो स्टेडियम हो ।

एजेन्सी


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic